default_image

7 years ago

October 24, 2017

लक्ष्मी बैंक गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता र उपविजेता तथा बेष्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ । यस्तै होल इन वान विजेताले एक थान हुन्डाई ग्रान्ड आई १० गाडी प्राप्त गर्नेछन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विगतका प्रतियोगितामा विभिन्न उमेर समूहका पुरुष महिला खेलाडीको अत्याधिक सहभागिताबाट आफुहरु उत्साहित भएको बताए । प्रतियोगितामा नेपालका १ सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडी खेल्ने छन् । प्रतियोगितामा महिला, पुरुष, सिनियर र जुनियर मा पनि प्रतिस्पर्धा हुनेछ ।

Success

Thank you for your time.