default_image

6 years ago

November 4, 2017

विनोदलाई एनजीए–सीएमएस जुनियर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विनोद तामाङले एनजीए–सीएमएस जुनियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न १६ वर्ष मुनिको प्रतिस्पर्धामा विनोदले ११ अंक बटुल्दै उपाधि जितेका हुन् । १० अंक बनाएका रोहित लामा दोस्रो भए । प्रतियोगिताको १३ वर्ष मुनि सद्भाव आचार्य सफल रहे । उनले उनले १३ अंक बटुलेका थिए […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विनोद तामाङले एनजीए–सीएमएस जुनियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न १६ वर्ष मुनिको प्रतिस्पर्धामा विनोदले ११ अंक बटुल्दै उपाधि जितेका हुन् ।

१० अंक बनाएका रोहित लामा दोस्रो भए । प्रतियोगिताको १३ वर्ष मुनि सद्भाव आचार्य सफल रहे । उनले उनले १३ अंक बटुलेका थिए । १२ अंक जोडेका स्वपिनल भट्टराई दोस्रो भए ।छात्रातर्फ प्रतिभा राईले उपाधि जितिन् । उनले ७ अंक जोडेकी थिइन् । ६ अंक बनाएकी जुनि गुरुङ दोस्रो भइन ।

प्रतियोगितामा आश्रित विष्टले लङगेष्ट ड्राइभ, सुशान्त कँडेलले स्ट्रस्टेष्ट ड्राइभ, आश्रय विष्टले क्लोजेष्ट दू द पिन र सुदर्शन सुनारले पटिङतर्फको उपाधि जिते । प्रतियोगिता नौ हालमा स्टेबलफोर्ड स्क्र्याच ह्यान्डीक्याप फरम्याटमा खेलाइएको थियो । जहाँ बर्डीलाई तीन अंक, इगललाई चार अंक, पारलाई दुई अंक, बोगीलाई एक अंक र डबल बोगी वा सोभन्दा बढीलाई कुनै अंक दिइएको थिएन ।

नेपाल गल्फ संघले प्रमुख प्रायोजक अन्तर्राष्ट्रिय सोसाइटी फर मेडिकल एजुकेशन (आईएसएमई) को प्रायोजनमा गत जुनदेखि सीएमएस जुनियर गल्फ विकास कार्यक्रमको सुरुवात रोयल नेपाल गल्फ क्लबमा गरेको थियो । जसअन्तर्गत जुनियर खेलाडीहरुले प्रत्येक शनिबार तथा सार्वजनिक विदाको दिन क्लबमा प्रशिक्षण लिइरहेका थिए ।

यही कार्यक्रम अन्तर्गत शनिबार पहिलो प्रतियोगिता आयोजना गरिएको हो । यो कायृक्रम छिट्टै पोखरा र धरानमा पनि सुरु हुँदैछ । पोखरा र धरानमा पनि प्रशिक्षण र त्यसपश्चात् क्षेत्रीय प्रतियोगिता सञ्चालन गरिनेछ । क्षेत्रीय प्रतियोगिताहरुबाट १० देखि १५ खेलाडी छनोट गरी केन्द्रीय प्रतियोगिता गर्ने योजना नेपाल गल्फ संघको रहेको छ । सीएमएस जुनियर गल्फ विकास कार्यक्रमको पहिलो प्रतियोगितामा ४० जुनियार खेलाडीको सहभागिता रहेको थियो ।

Success

Thank you for your time.