default_image

6 years ago

November 18, 2017

शेर्पाले जिते बाह्रखरी गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नोर्बु शेर्पाले ‘पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ को उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज भएको प्रतियोगितामा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन् । उपाधि ट्रफी संगै शेर्पाले २४ क्यारेटको सुनको गोल्डेन बल प्राप्त गरेका छन् । उपाधि जित्ने क्रममा १८ होलको खेलमा चार बर्डिज र […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नोर्बु शेर्पाले ‘पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ को उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज भएको प्रतियोगितामा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन् ।

golf bahra

उपाधि ट्रफी संगै शेर्पाले २४ क्यारेटको सुनको गोल्डेन बल प्राप्त गरेका छन् । उपाधि जित्ने क्रममा १८ होलको खेलमा चार बर्डिज र दुई बोगीको स्कोरकार्ड बनाए । शेर्पाले पहिलो, तेस्रो, चौथो र १२ औं होलमा बर्डिज गर्दा १७ औं र १८ औं होलमा बोगी प्रहार गरेका थिए ।

कुल ४० अंक जोडेका समिर आचार्य दोस्रो भए । माधब सिम्खडासंग समान ४० अंक भएपनि माधबले काउन्ट ब्याक नियमको आधारमा दोस्रो भए । आचार्यले ट्रफीसहित हिमालय एयरलाइन्सबाट दुबई फ्लाइटको टिकट प्राप्त गरे ।

टासी दोङ्गले ३९ ग्रस अंकसहित बेष्ट ग्रसको उपाधि जिते । दोङ्गले चार बर्डिज र एक बोगीको स्कोर कार्ड बनाए । दोङ्गले पनि हिमालय एयरलाइन्सबाट दुबई फ्लाइटको टिकट प्राप्त गरे । यस्तै दोङ्गले मोस्ट बर्डिजको उपाधि समेत जिते । उपाधि बिजेता शेर्पासंग समान चार चार बर्डिज गरेपनि काउन्ट ब्याकका आधारमा दोङ्गले मोस्ट बर्डिजको उपाधि पाए ।

टासी छिरिङ्गले लंगेस्ट डाइभको उपाधि जित्दा क्लोजेस्ट टु द पिनको उपाधि फिन्त्सो ओङदी लामाले हात पारे । दुबैले ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको आकर्षणमा रहेको होल इन वन को उपाधि कसैले पनि जित्न सकेनन । होल इन वन गर्ने खेलाडीको लागि टाटा कम्पनीको जेष्ट गाडी पुरस्कार रहेको थियो ।
महिलातर्फको उपाधि रेखा घिमिरेले हात पारिन । कुल ३४ अंक जोडेकी घिमिरेले प्रतिमा शेर्पालाई पछि पारिन । दोस्रो स्थान हात पारेकी प्रतिमाले ३० अंकको स्कोर कार्ड बनाईन । यस्तै ६० बर्षमाथि सिनियरतर्फ नेपाली सेनाका अवकासप्राप्त जनरल केएनएस थापाले जिते । माधव आचार्यसंग समान ३४ अंक बनाएपनि थापाले काउन्ट ब्याकको आधारमा उपाधि जितेका हुन् ।

प्रतियोगिताको बिजेतालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रि, म्यागसेसे पुरस्कार बिजेता डा सन्दुक रुइत, बाह्रखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, सम्पादक प्रतिक प्रधान,स्प्रिदी ट्रेडीङका सिइओ राजन बाबु श्रेष्ठ, सिभिल ग्रुपका चेयरम्यान इच्छा राज तामाङ्ग, नेपाल प्रहरीका डीआईजी सर्बेन्द्र खनाल, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक महेश आचार्य, आईएमएस ग्रुपका चेयरम्यान दिपक मलहोत्रा, सिद्दार्थ वैंकका सिईओ शम्भु गौतम र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरीत घिमिरेले पुरस्कृत गरेका थिए ।
बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको प्रतियोगितामा ९० भन्दा बढी गल्फरहरुको सहभागिता रहेको थियो । एनआईसी एशिया बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन शनिबार बिहान बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी थिइन् । प्रतियोगिताको प्रायोजकमा हिमालय एयरलाइन्स र टाटा मोटर्स रहेको छ ।

Success

Thank you for your time.