default_image

6 years ago

December 6, 2017

थाई एयरवेज गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – थाई एयरवेजले नेपालमा उडान भरेको ५० औं वर्षको अवसरमा शनिबार एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुने जानकारी गराएको हो । थाई एयरवेजले करिब ३० वर्षपछि फेरि गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । यसवर्षदेखि हरेक […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाई एयरवेजले नेपालमा उडान भरेको ५० औं वर्षको अवसरमा शनिबार एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुने जानकारी गराएको हो । थाई एयरवेजले करिब ३० वर्षपछि फेरि गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसवर्षदेखि हरेक वर्ष क्यालेन्डरमै थाई एयरवेज गल्फ प्रतियोगिता गराउने थाई आरएनजीसीका प्रतियोगिता संयोजक किसन अग्रवालले जानकारी गराए । प्रतियोगितामा ७० भन्दा बढी गल्फरले सहभागिता जनाउने अग्रवालले जानकारी गराए ।

प्रतियोगिता स्टेबल फोर्ड फरम्याट मा १८ देखि २४ सम्म ३/४ ह्याण्डीक्यापमा हुनेछ । प्रतियोगिताको ९ ह्याण्डी क्यापसम्मको विजेता, ९ देखि १८ ह्याण्डी क्यापको विजेताले थाइल्याण्ड बैंकक आउने जाने टिकटको साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यस्तै पुरुष विजेता, महिला विजेता, सिनियर महिला विजेता, जुनियर विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछ । यस्तै मोस्ट बर्डिज, क्लोसेट टु दि पिन, होल इन वानले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । थाई एयरवेजका जनरल म्यानेजर पिरा पोङ जुतागानुनले हरेक वर्ष प्रतियोगिता गराउने जानकारी गराए ।

Success

Thank you for your time.