default_image

6 years ago

March 7, 2018

पहिलो दिन अजित र जयरामको अग्रता

पोखरा (हाम्रो खेलकुद) – वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले पाँचौं […]

37 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन् ।

जयरामले पाँचौं होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाईन १ ओभर ३६ मा सकाए । यसपछि १० औं, १२ औं र १८ औं होलमा एकएक सट खेर फाल्दा ११ औं, १४ औं र १६ औं होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाईन ईभन पार ३५ मा सकाए । लोकल एम्योचर अजितले फ्रन्ट नाईन १ अण्डर ३४ र ब्याक नाईन २ ओभर ३७ मा पुरा गरे।

उनले दोस्रो होलमा बोगी प्रहार गर्दा छैटौं र आठौं होलमा एक एक सट बचाए । यसपछि १० औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १६ औं र १८ औं होलमा बोगी मात्र खेपेनन्, ११ औं होलमा डबल बोगीको सामना गरे ।

भु बहादुर गुरूङ र धन बहादुर थापा २ ओभर ७२ अंक सहित संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । ३ ओभर ७३ अंक सहित सुर्य प्रसाद शर्मा पाँचौं तथा भुवन नगरकोटी र संजीव बहादुर नेपालीले ७४ अंक सहित संयुक्त रूपमा छैटौं स्थान बाडेका छन । नम्बर एक गल्फर शिवराम श्रेष्ठ र कमल तामाङ ५ ओभर ७५ अंक सहित संयुक्त रूपमा आठौं स्थानमा रहेका छन् ।

सुर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगिता वेस्टर्न ओपन ३ दिन सम्म चल्नेछ । प्रतियोगितामा २६ प्रो र १७ एम्च़ोर गरी ४३ खेलाडी सहभागि छन् । कुल ६ लाख ३० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ७४ हजार र ५३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.