default_image

6 years ago

March 8, 2018

जयरामलाई ४ स्ट्रोकको अग्रता

पोखरा (हाम्रो खेलकुद) – ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक सहित जयराम श्रेष्ट वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन । पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो […]

42 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक सहित जयराम श्रेष्ट वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन । पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा

तस्बिर : एनएसजेएफ

जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो उपाधी जित्ने दाउमा छन । फ्रन्ट नाईन १ अण्डर ३४ मा सकाएका जयरामले पाँचौ,आठौ र नवौ होलमा बर्डी प्रहार गरे । तर तीन पारको सातौ होलमा डबल बोगी खेपे। यसपछि ११औ र १६औ होलमा एक एक सट खेर फाल्दा १५औ होलको बर्डीले ब्याक नाईन ३६ मा पुरा गरे ।

एमेच्योर तथा लोकल गल्फर अजित बिके र धन बहादुर थापा समग्रमा ५ ओभर १४५ अंकका साथ संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन ।

अजितले आज ४ ओभर ७४ अंक जोडे । उनले फ्रन्ट नाईन ३ ओभर ३८ मा सकाए। तेस्रो र छैटौ होलमा डबल बोगी तथा ८ औ होलमा बोगीको सामना गर्दा चौथौ र पाँचौ होलमा एक एक सट बचाए। यसपछि १२औ,१५औ र १८औ होलमा बोगी तथा १४औ र १५ औ होलको बर्डीले ब्याक नाईन १ ओभर ३६ मा पुरा गरे।

धनले फ्रन्ट नाईन १ ओभर ३६ र ब्याक नाईन २ ओभर ३७ मा सकाए। उनले पहिलो र छैटौ होलमा बोगी र नवौ होलमा बर्डी प्रहार गरे। ब्याक नाईनको सुरूवात बर्डीबाट गरे पनि १२औ,१३और १४औ होलमा लगातार बोगी खेप्न बाध्य भए । नम्बर एक गल्फर शिवराम श्रेष्ठसँगै भुवन नगरकोटी र भु बहादुर गुरूङ ६ ओभर १४६ अंक सहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन।शिवरामले १ ओभर ७१,भुवनले २ओभर ७२ र भु बहादुरले ४ ओभर ७४को नतिजा निकाले। १ ओभर ७१ जोडेका रबि समग्रमा ७ ओभर १४७ अंक सहित छैटौ स्थानमा तथा १ ओभर ७१ सहित समग्रमा ९ ओभर १४९ स्कोरमा सातौ स्थानमा छन।

३६ होलको समाप्तीमा २३ ओभर १६३ अंक बनाउने २१ प्रोफेसनल र ६ एमेच्योर खेलाडी कट बनाउन सफल भएका छन ।

कुल ६ लाख ३० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ७४ हजार र ५३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

Success

Thank you for your time.