default_image

5 years ago

November 30, 2018

शिवराम ४३ औं उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको उपाधिनजिक पुगेका छन् । तेस्रो दिन बिहीबारसम्म शिवराम ६ स्ट्रोकले अगाडी रहेसँगै उनको उपाधि सम्भावना बलियो रहेको हो । यसअघि सेन्ट्रल ओपन उपाधि जित्दै शिवरामले ४२ उपाधि बनाएका थिए । रोयल नेपाल गल्फ क्लबमा बिहीबार शिवरामले १ अन्डर ६७ स्कोरजोड्दै समग्रमा आफ्नो […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको उपाधिनजिक पुगेका छन् । तेस्रो दिन बिहीबारसम्म शिवराम ६ स्ट्रोकले अगाडी रहेसँगै उनको उपाधि सम्भावना बलियो रहेको हो । यसअघि सेन्ट्रल ओपन उपाधि जित्दै शिवरामले ४२ उपाधि बनाएका थिए ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार शिवरामले १ अन्डर ६७ स्कोरजोड्दै समग्रमा आफ्नो स्कोर ११ अन्डर १ सय ९३ बनाए । दोस्रो स्थानमा रहेका धनबहादुर थापा र एमेच्योर शुक्रबहादुर राई ६ स्ट्रोक पछाडी ५ अन्डर १ सय ९९ मा छन् । शुक्रले बिहीबार आठौं होलमा होल इन वन गर्दै इभन पार ६८ स्कोर जोड्दा धनले ३ अन्डर ६५ को शानदार प्रदर्शन गरे ।

अघिल्लो दिन दोस्रो स्थानमा रहेका विकास अधिकारी २ ओभर ७० जोडेपछि समग्रमा ४ अन्डर २ सय स्कोरसहित चौथोमा छन् । पाँचौमा इभन पार ६८ खेलेका एमेच्योर टंकबहादुर कार्कीको ३ अन्डर २ सय १ छ । छैटौंमा रामे मगर (७१-२०३), सातौंमा भुवन नगरकोटी (६५-२०४), आठौंमा राजेन्द्र थापामगर (२०९) तथा संयुक्त नवौंमा दिपक मगर र जयराम श्रेष्ठ (२१०) रहेका छन् ।

सुरुका दुई दिन ६ अन्डर र ४ अन्डर खेलेका शिवरामले तेस्रो दिन फ्रन्ट नाइनमा २ ओभरको प्रदर्शन गरे । उनले दोस्रो होलमा डबल बोगी र तेस्रो र छैटौंमा बोगी खेपे । चौथो र पाँचौमा बर्डी लेखाएका शिवरामले ब्याक नाइनमा ४ बर्डी र १ बोगीसहित ३ अन्डर ३१ लेखाए ।

कुल ४१ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३३ व्यवसायिक र ८ एमेच्योर छन् । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालीको प्रयोजनमा जारी प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५१ हजार रुपैयाँ रहेको छ । शीर्ष तीन स्थानमा आउने खेलाडीले क्रमश: ९५, ६५ र ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.