default_image

5 years ago

January 17, 2019

शिवरामलाई सूर्य नेपाल म्याच प्ले उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल म्याच प्लेको उपाधि जितेका छन् । बिहिबार रोयल नेपाल गल्फ कोर्षमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २-१ ले पराजित गर्दै शिवरामले सिजनको तेस्रो तथा समग्रमा ४४ औं उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा शिवरामले फ्रन्ट नाइनमा २ स्ट्रोकको अग्रता लिएका थिए । १८ […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल म्याच प्लेको उपाधि जितेका छन् । बिहिबार रोयल नेपाल गल्फ कोर्षमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २-१ ले पराजित गर्दै शिवरामले सिजनको तेस्रो तथा समग्रमा ४४ औं उपाधि जितेका हुन् ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा शिवरामले फ्रन्ट नाइनमा २ स्ट्रोकको अग्रता लिएका थिए । १८ औं होलको समाप्तिमा ३ स्ट्रोकले अगाडी बढेका शिवराम २८ औं होलमा भने अग्रता गुमाए । भुवनले दुई पटक पछाडी परेर खेल बराबरीमा ल्याएपनि शिवरामले एक होल बाँकी छँदै जित पक्का गरे ।

यस जितसँगै शिवरामले ७० हजार रुपैयाँ प्राप्त गरे भने भुवनले ४० हजारमा चित्त बुझाए । तेस्रो स्थानमा दिनेश प्रजापतिले रामे मगरलाई २-१ ले पराजित गर्दै २८ हजार पाए । रामे मगरले २० हजार प्राप्त गरे ।

क्वाटरफाइनलमा पराजित भएका दिपक मगर, भुवन रोक्का, जयराम श्रेष्ठ र बलभद्र राईले जनही ११ हजार पाए । पहिलो चरणमा पराजित भएका धनबहादुर थापा, रवी खड्का, दिपक आचार्य, संजय लामा, पशुपति शर्मा, प्रदिप लामा, विकास अधिकारी र सूर्यप्रसाद शर्माले जनही ६ हजार रुपैयाँ प्राप्त गरे ।

Success

Thank you for your time.