default_image

5 years ago

February 1, 2019

संजयलाई सूर्य नेपाल वेस्टर्न ओपन उपाधि

पोखरा (हाम्रो खेलकुद) – व्यवसायिक गल्फर संजय लामाले सूर्य नेपाल गलफ टुर २०१८-१९ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । शुक्रबार पोखरास्थित हिमालयन गल्फ कोर्षमा संजयले शीर्ष वरियताका शिवराम श्रेष्ठलाई २ स्ट्रोकले पछाडी पार्दै उपाधि जिते । संजयले अन्तिम दिन शुक्रबार २ अन्डर ६७ सहित समग्रमा इभन पार २ सय ७ स्कोर जोड्दै […]

37 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – व्यवसायिक गल्फर संजय लामाले सूर्य नेपाल गलफ टुर २०१८-१९ अन्तर्गत सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । शुक्रबार पोखरास्थित हिमालयन गल्फ कोर्षमा संजयले शीर्ष वरियताका शिवराम श्रेष्ठलाई २ स्ट्रोकले पछाडी पार्दै उपाधि जिते ।

संजयले अन्तिम दिन शुक्रबार २ अन्डर ६७ सहित समग्रमा इभन पार २ सय ७ स्कोर जोड्दै उपाधि जिते । उनले उपाधिसहित १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । शिवरामले अन्तिम दिन इभन पार ६९ नै खेलेपछि दोस्रो स्थानमा चित्त बुझाए । समग्रमा २ ओभर २ सय ९ स्कोर जोडेका शिवरामले ७७ हजार प्राप्त गरे ।

एमेच्योरतर्फ शुक्रबहादुर राईले २ ओभर २ सय ९ स्कोरसहित उपाधि हात पारे । उनले अन्तिम दिन ३ ओभर ७० स्कोर जोडे । रवी खड्काले तेस्रो स्थान हासिल गर्दै ५५ हजार रुपैयाँ प्राप्त गर्दा सूर्यप्रसाद शर्माले ४३ हजार पाए । कृष्णमान राजवाहक (३५) हजार), धनबहादुर थापा (३३ हजार) र भुवन नगरकोटी (३० हजार) ले क्रमश : शीर्ष ७ स्थान कब्जा गरे ।

शीर्ष २१ व्यवसायिक गल्फरले पुरस्कार राशी बुझेका थिए । प्रतियोगिताको कुल पुरस्कारराशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Success

Thank you for your time.