default_image

5 years ago

February 15, 2019

जयरामलाई क्याडी प्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सन् २०१९ को वार्षिक क्याडी प्रो को उपाधि हात पारेका छन् । प्रदिप लामा र भुवन कुमार रोक्कालाई १ स्ट्रोकले पछाडी पार्दै जयरामले ८ हजार रुपैयाँ हात पारे । जयरामले कुल १ सय २ स्कोर गर्दा भुवन र प्रदिपले समान१ सय ३ स्कोर जोडे । दोस्रो स्थानका दुवैले ५ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सन् २०१९ को वार्षिक क्याडी प्रो को उपाधि हात पारेका छन् । प्रदिप लामा र भुवन कुमार रोक्कालाई १ स्ट्रोकले पछाडी पार्दै जयरामले ८ हजार रुपैयाँ हात पारे ।

जयरामले कुल १ सय २ स्कोर गर्दा भुवन र प्रदिपले समान१ सय ३ स्कोर जोडे । दोस्रो स्थानका दुवैले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । चौथो स्थान हासिल गरेका दिनेश प्रजापतिले ४ हजार रुपैयाँ हात पारे । संयुक्त पाँचौ स्थानका कृष्णमान राजवाहक र प्रभातकुमार राजवाहकले समान३ हजार २ सय ५० रुपैयाँ पाए ।

रोयल नेपाल गल्फ क्लबको क्याडी युनियनले आयोजना गरेको प्रतियोगितामा ९ क्याडी प्रोले सहभागिता जनाएका थिए । आइतबार हुने महिला क्याडी प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० हजार, दोस्राले ८ हजार तथा तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुषतर्फ हुने प्रतियोगितामा २७ खेलाडीले सहभागिता जनाउनेछन् । विजेताले २० हजार, उपविजेताले १५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले १३ हजार पाउनेछन् ।

Success

Thank you for your time.