default_image

5 years ago

March 7, 2019

युवा गल्फरद्वय सिंगापुर जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – उच्चस्तरीय प्रशिक्षण क्याम्प तथा प्रतियोगितामा सहभागिता जनाउन तीन सदस्यीय नेपाली गल्फ टोली शुक्रबार सिंगापुर प्रस्थान गर्ने भएका छन् । युवा गल्फर राहुल विश्वकर्मा र शाश्वत प्रधान नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सिंगापुरस्थित गल्फिङ ल्याब क्याम्पमा हुने प्रशिक्षण क्याम्प मार्च १६-२३ सम्म हुनेछ । यसबाहेक दुवै खेलाडीले मार्च […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उच्चस्तरीय प्रशिक्षण क्याम्प तथा प्रतियोगितामा सहभागिता जनाउन तीन सदस्यीय नेपाली गल्फ टोली शुक्रबार सिंगापुर प्रस्थान गर्ने भएका छन् ।

युवा गल्फर राहुल विश्वकर्मा र शाश्वत प्रधान नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सिंगापुरस्थित गल्फिङ ल्याब क्याम्पमा हुने प्रशिक्षण क्याम्प मार्च १६-२३ सम्म हुनेछ । यसबाहेक दुवै खेलाडीले मार्च ११-१२ मा हुने अप्टिमिस्टिक इन्टरनेशनल जुनियर गल्फ च्यालेन्ज तथा मार्च २०-२२ सम्म हुने एचएसबीसी युथ गल्फ च्यालेन्जमा पनि प्रतिस्पर्धा गर्नेछन् । टोलीमा संजय प्रधान अफिसियलका रुपमा रहेका छन् ।

गल्फीङ ल्याबले दुई नेपाली गल्फरलाई प्रशिक्षणका लागि आंशिक छात्रवृत्तिसँगै दुई प्रतियोगिताको लागि दर्ता शुल्क पनि मिनाहा गरिदिएको छ । प्रशिक्षण क्याम्पको सहभागिता शुल्क २ हजार ४ सय डलर भएपनि आयोजकले नेपालको लागि ७ सय ५० डलर मात्र लिनेछ । गल्फका दिग्गज प्रशिक्षक इयान ट्रीग्सले खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् ।

‘गल्फमा सबै क्षेत्रका खेलाडीहरुको आबद्धता बढोस भन्ने हेतुले हामीले राहुलको दुवै प्रतियोगिताको दर्ता शुल्क (४ सय ७० अमेरिकी डलर) तिर्ने निर्णय गरेका छौं । यस अवसरले राहुलको खेल विकासमा टेवा पुग्ने हामीलाई विश्वास हामीले लिएका छौं,’ गल्फीङ ल्याबबाट नेपाल गल्फ संघलाई प्राप्त पत्रमा लेखिएको छ ।

अघिल्लो डिसेम्बरमा सुवास तामाङ र शाश्वत प्रधानले क्याम्पमा सहभागिता जनाएका थिए । त्यसबेला ल्याबले सुवासलाई पूर्ण प्रायोजन गरेको थियो । उक्त क्याम्पबाट फर्केपछि सुवासले फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जित्दै भिएतनाममा हुने फाल्डो सिरीज एसिया फाइनलमा छनोट पनि भएका थिए ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले टोलीलाई बिहीबार बिदाइ गरेका छन् । घलेले यस कार्यक्रम व्यवस्थापनमा अहम भूमिका खेलेका क्रिस ली, एएनके गल्फ अन्तर्राष्ट्रिय एकेडेमी, गल्फीङ ल्याबका फ्रान्सिस टान र लिआन चे आङलाई तथा बिग फिस गल्फका एरिक एनजीलाई नेपाली गल्फलाई दिएको साथ र सहयोगको लागि धन्यवाद दिएका छन् । ‘वहाँहरुको सहयोगबिना हामीले नेपाली खेलाडीहरुलाई क्याम्पमा पठाउन सम्भव थिएन,’ अध्यक्ष घलेले भने ।

Success

Thank you for your time.