default_image

5 years ago

March 7, 2019

सूर्य नेपाल च्यालेन्ज : रामे २ स्ट्रोकले अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – रामे मगरले सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन शीर्ष स्थानमा २ स्ट्रोकको अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै रामेले भुवन नगरकोटीसँग २ स्ट्रोकको अग्रता बनाएका हुन् । रामेले समग्रमा ५ अन्डर १ सय ९९ स्कोर जोडेका छन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन रहेका […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रामे मगरले सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन शीर्ष स्थानमा २ स्ट्रोकको अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै रामेले भुवन नगरकोटीसँग २ स्ट्रोकको अग्रता बनाएका हुन् ।

रामेले समग्रमा ५ अन्डर १ सय ९९ स्कोर जोडेका छन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन रहेका भुवनले पनि तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरे । उनले ५ अन्डर ६३ नै जोड्दै समग्रमा ३ अन्डर २ सय १ स्कोर बनाए । तेस्रो स्थानमा एमेच्योर सुवास तामाङ छन् । उनले १ ओभर ६९ स्कोर जोड्दै समग्रमा २ अन्डर २ सय २ स्कोर जोडेका छन् ।

अघिल्लो दिन अग्रतामा रहेका भुवन कुमार रोक्काले ३ ओभर ७१ स्कोर जोडेपछि विकास अधिकारीसँग चौथो स्थान बाँडेका छन् । २ अन्डर ६६ खेलेका विकास पनि समग्रमा १ अन्डर २ सय ३ स्कोरमा छन् । संयुक्त छैटौं स्थानमा रवी खड्का (७०) र दिनेश प्रजापति (६९) २ ओभर २ सय ६ स्कोरसाथ छन् । रामकृष्ण श्रेष्ठ (६९) ले २ सय ७ अंक जोड्दा जयराम श्रेष्ठ (७२) र संजय लामा (७१) ले २ सय ८ स्कोरसहित संयुक्त नवौं स्थान कब्जा गरेका छन् ।

एमेच्योरतर्फ सुवास तामाङ २ अन्डर २ सय २ अंकसहित शीर्ष स्थानमा रहँदा ७६ स्कोर जोडेका विनोद तामाङ (२१२) र टंकबहादुर कार्की (२१४) निकै पछाडी रहेका छन् । प्रतियोगितामा ३३ व्यावसायिक र ९ एमेच्योरसहित ४२ गल्फरको सहभागिता छ ।

दोस्रो दिनको खेलपछि शीर्ष २१ व्यावसायिक र शीर्ष ६ एमेच्योरले अन्तिम दुई दिनका लागि कट बनाए । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ४१ हजार रुपैयाँ रहेको छ । विजेताले ८४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५३ हजार र तेस्रो स्थान हासिल गर्नेले ३७ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् ।

Success

Thank you for your time.