default_image

5 years ago

March 8, 2019

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सुवासलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज २०१९ को उपाधि जितेका छन् । १६ वर्षीय सुवास व्यावसायिक गल्फरहरुलाई पछाडी पार्दै टुरको उपाधि जित्ने समग्रमा चौथो र उमेरमा कान्छो गल्फर बनेका छन् । शुक्रबार अन्तिम दिनको खेलमा सुवासले ३ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोरसहित उपाधि हात […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज २०१९ को उपाधि जितेका छन् । १६ वर्षीय सुवास व्यावसायिक गल्फरहरुलाई पछाडी पार्दै टुरको उपाधि जित्ने समग्रमा चौथो र उमेरमा कान्छो गल्फर बनेका छन् ।

शुक्रबार अन्तिम दिनको खेलमा सुवासले ३ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोरसहित उपाधि हात पारे । उनले समग्रमा व्यावसायिक गल्फर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछाडी पारे । भुवनले अन्तिम दिन १ अन्डर ६७ स्कोर जोड्दै व्यावसायिक मध्यको प्रथम स्थान हासिल गर्दै ८४ हजार रुपैयाँ प्राप्त गरे ।

सुवास एमेच्योर गल्फरका रुपमा उपाधि जित्ने चौथो गल्फर पनि बने । यसअघि सन् २००५ मा शिवराम श्रेष्ठले वेस्टर्न ओपन, सन् २०१० मा रुपक आचार्यले सेन्ट्रल ओपन तथा यसै सिजन डिसेम्बरमा शुक्रबहादुर राईले इस्टर्न ओपन हात पारेका थिए । सन् २००८ देखि सुरु भएको सूर्य नेपाल गल्फ टुरको कुनैपनि इभेन्टमा उपाधि जित्ने सुवास कान्छा खेलाडी बने ।

एमेच्योरतर्फ टंकबहादुर कार्की १२ ओभर २ सय ८४ अंक जोड्दै दोस्रो भए । दिनेश प्रजापतिले १ अन्डर २ सय ७१ जोड्दै दोस्रो स्थान हासिल गर्दै ५३ हजार रुपैयाँ प्राप्त गरे । रामे मगरले इभन पार २ सय ७२ स्कोरसहित तेस्रो हुँदै ३७ हजार ५ सय रुपैयाँ पाए । विकास अधिकारी चौथो हुँदै २८ हजार तथा भुवनकुमार रोक्का पाँचौ हुँदै २४ हजार प्राप्त गरे ।

कुल ४२ खेलाडी सहभागी प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ४१ हजार रुपैयाँ रहेको थियो । शीर्ष २१ व्यावसायिक गल्फरले नगद पुरस्कार प्राप्त गरे । सूर्य नेपालका व्यापार र बजारीकरणका उपाध्यक्ष दिपरा लाहिरी र नेपाल व्यवसायिक गल्फर संघका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे ।

Success

Thank you for your time.