default_image

5 years ago

May 15, 2019

सूर्य नेपाल प्रिमियर : एमेच्योर शुक्र अग्रस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन अग्रता लिएका छन् । उनले दोस्रो स्थानका भुवन नगरकोटी र सुवास तामाङमाथि १ स्ट्रोकको अग्रता जमाएका हुन् । गोकर्ण गल्फ कोर्षमा शुक्रले बुधबार समग्रमा ६ अन्डर २ सय १० स्कोर जोड्दै अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रहेका भुवन र […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन अग्रता लिएका छन् । उनले दोस्रो स्थानका भुवन नगरकोटी र सुवास तामाङमाथि १ स्ट्रोकको अग्रता जमाएका हुन् ।

गोकर्ण गल्फ कोर्षमा शुक्रले बुधबार समग्रमा ६ अन्डर २ सय १० स्कोर जोड्दै अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रहेका भुवन र सुवासले ५ अन्डर २ सय ११ स्कोर जोडेका छन् ।

प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सर्वाधिक पुरस्कार राशीको प्रिमियर प्रतियोगिताको विजेताले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ४० हजार तथा शीर्ष २४ व्यावसयिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख ६० हजार रहेको छ ।

Success

Thank you for your time.