default_image

5 years ago

May 17, 2019

आचार्य बाबुछोरा सहितलाई प्रो-एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर दीपक आचार्य र उनका छोरा सद्भाव आचार्यसहितको जोडीले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शुक्रबार दीपक (३९), सद्भाव (४५) सहित हृदेश कुमार सिंह (४३) र कालसाङ शेर्पा (३९) को जोडीले प्रथम स्थान हासिल गर्यो । दोस्रो स्थानमा व्यावसायिक सचिन भट्टराई (३८) सहित […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर दीपक आचार्य र उनका छोरा सद्भाव आचार्यसहितको जोडीले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम उपाधि जितेका छन् ।

गोकर्ण गल्फ कोर्षमा शुक्रबार दीपक (३९), सद्भाव (४५) सहित हृदेश कुमार सिंह (४३) र कालसाङ शेर्पा (३९) को जोडीले प्रथम स्थान हासिल गर्यो । दोस्रो स्थानमा व्यावसायिक सचिन भट्टराई (३८) सहित एमेच्योरत्रय कश्मिरा शाह (३८), टेन्डी शेर्पा (३७) र रविन्द्र तिवारी (३६) रहे । तेस्रो स्थान व्यावसायिक गल्फर टासी घले (३८) सहित भरत बस्ताकोटी (३५), मदन राना (३४) र हेमन्त थापा (३४) को जोडीले हासिल गरे ।

कुल ९७ गल्फर सहभागी प्रतियोगितामा २५ व्यावसायिक खेलाडी सहभागी रहेका थिए । विजयी खेलाडीलाई सूर्य नेपालका प्रबन्ध निर्धेशक अभिमन्यु पोद्दार, मार्केटिङ विभागका उपाध्यक्ष दिपरा लाहिरी, एनपीजीए अध्यक्ष रविन्द्रमान श्रेष्ठ, गोकर्णका अध्यक्ष सुह्रिद घिमिरे, कप्तान जोसेफ नाथनलगायतले पुरस्कृत गरे ।

Success

Thank you for your time.