default_image

9 years ago

November 30, 2016

राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप सुरु, जितेन्द्र र श्रीरामको जोडीको विजयी

176 views

0 Bookmark

दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका लक्ष्मण र दिनेशको जोडीलाई २१–१६,१९–२१ र १५–१२ को सेटमा हरायो ।

beach-copy

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको महिलातर्फ पुलिसका कोपीला र कमलाको जोडीले जित हात पारे । उनिहरुको जोडीले आर्मी बीका गीता र सोफीयाको जोडीलाई २१–१३ र २१–६ को सोझो सेटमा हराए । दोस्रो खेलमा मध्यमाञ्चलका वर्षा र अजिताको जोडीले जित हात पारिन् । उनिहरुको जोडीले मध्यपश्चिमाञ्चलका लिला र   जोडीलाई २१–५ र २१–१० को सोझो सेटमा हराए ।

प्रतियोगिताको उदघाटन पुर्व प्रधानमन्त्रि झलनाथ खनालले गरेका थिए । सो अवसरमा नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मा,उपाध्यक्षद्धय यम गुरुङ र निरोज मास्के तथा महासचिव जितेन्द्र चन्द लगायतको उपस्थीती थियो । मंसिर १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष र महिलाको विजेता टोलीले २५ हजार,दोस्रोले १५ हजार र तेस्रो हुने जोडीले १० हजार नगद,ट्रफि र मेडल प्राप्त गर्नेछन् । महिलातर्फ १४ र पुरुषतर्फ १५ टिमलाई आठ समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ । चौथो सस्करणमा महिलातर्फको सरस्वती र नेविकाको जोडी तथा पुरुषको पाँचौ सस्करणमा शुरेष र महेन्द्रको जोडीले उपाधि जितेका थिए । दुवै जोडी एपीएफका हुन ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.