9 years ago
December 13, 2016
अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो ।

अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा मगर र अनुष्का सिम्खडाको जोडीलाई ११–८, ११–९, ३–११, ६–११ र ११–५ को सेटमा पराजित गरे ।
विजेश्वरीले आरुणीलाई ३–० को सोझो सेटमा हराउदै गल्र्स टिम इभेन्टको उपाधि हात पार्यो । यु–१२ ब्वाइज सिंगल्समा गुड स्टार्ट एकेडेमीका राविन चौलागाईंले स्वर्ण जिते । उनले फाइनलमा सेन्ट्रल पब्लिक स्कुलका सुप्रिमसिंह राठौरलाई ११–९, ११–९, ३–११ र ११–६ को सेटमा निराश पारे ।
यु–१४ र यु–१६ ब्वाइज सिंगल्सको उपाधि विजेश्वरीका सुजन खड्काले कब्जा गरे । उनले यु–१४ को फाइनलमा सेक्रेड हर्टका विकास तिम्सिना तथा यु–१६ को फाइनलमा आरुणीका सौगात राना मगरलाई समान ३–१ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।
मिक्स डबल्सको उपाधि विजेश्वरीका मारिया थापा मगर र सुजन खड्काको जोडीले जिते । उक्त जोडीले फाइनलमा आरुणीकी तृष्णा पुन र सुनील राना मगरलाई ३–० को सोझो सेटमा पाखा लगाए ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ध्रुवराज न्यौपाने, एनप्याब्सनका केन्द्रीय सचिव प्रह्लाद दाहाल, आरुणीका प्रिन्सिपल हिक्मत दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जनलाई सम्मान गरिएको थियो । प्रतियोगितामा विभिन्न ३५ विद्यालयका ३ सय ९२ प्रतिस्पर्धीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]