8 years ago
May 11, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबार म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग गोलरहित बराबरीमा रोकिएको छ ।

वेस्ट ह्यामका गोलरक्षक आड्रीयानको उत्कृष्ट प्रदर्शनसँगै युनाइटेड गोल गर्न असफल रहयो । युनाइटेडका गोलरक्षक डेविड डे हेयाले पनि केहि राम्रो बचाउ गरे । खेलमा युनाइटेड हावी देखिएपनि वेस्ट ह्यामले राम्रो रक्षात्मक खेल प्रस्तुत गर्दै खेलमा अंक निकालेको थियो ।
यस बराबरीसँगै युनाइटेडले ३७ खेलमा ७८ अंक जोडेको छ । दोस्रो स्थानको स्पर्सभन्दा ४ अंक अगाडी रहेको युनाइटेड लिगको दोस्रो स्थानमा रहने पक्का भएको छ । वेस्ट ह्यामले पनि ३९ अंक जोड्दै अर्को सिजन प्रिमियर लिग खेल्ने पक्का गरेको छ । सिजनको अधिकांश समय रेलिगेसन क्षेत्रमा रहेको वेस्ट ह्याम ३९ अंक जोड्दै १५ औं स्थानमा छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]