default_image

2 years ago

May 15, 2022

भारतले थोमस कप जित्दै ब्याडमिन्टनमा नयाँ इतिहास रच्यो

एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ । ३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र […]

142 views

0 Bookmark

एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ ।

३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र २१-१६ ले पराजित गरे ।

दोस्रो खेलमा सात्विकसाइराज रन्किरेडी र चिराग सेट्टीको जोडीले मोहमस अहसान र केभिन संजय सुकामुल्जोको जोडीलाई १८-२१, २३-२१ र २१-१९ ले पराजित गरे । तेस्रो खेलमा किदाम्बी श्रीकान्तले जोनाथन क्रिस्टीलाई २१-१५, २३-२१ को सोझो सेटमा हराएपछि भारत इतिहास रच्न सफल भएको हो ।

भारतले उपाधि जितेसँगै खेलकुद मन्त्रालयले १ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिसकेको छ ।

भारतले यसअघि सेमिफाइनलमा डेनमार्कमाथि ३-२ को जित दर्ता गरेको थियो । इन्डोनेसियाले जापानलाई ३-२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

यस्तै महिलातर्फ उबर कप भने दक्षिण कोरियाले जित्यो । चीनलाई ३-२ ले पराजित गर्दै दक्षिण कोरियाले दोस्रो पटक उपाधि जितेको हो ।

Success

Thank you for your time.