default_image

3 months ago

May 11, 2024

प्रिन्सले पेरिस ओलम्पिक २०२४ खेल्ने!

1060 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् ।

१९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।

ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटा (८३ पुरुष र ८३ महिला), ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस्तै आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्नेछन् ।

युनिभार्सलिटी स्थान ओलम्पिकमा कमजोर उपस्थिति जनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटा हो । विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन् ।

प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले विश्व ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पियन खेल्न पाउने जानकारी प्राप्त भएको पक्का गरे ।

‘यसमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहमति आवश्यक हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रक्रिया अघि बढिसकेको छ । सोमबार सम्ममा सबै प्रक्रिया पूरा गरेर प्रिन्सले ओलम्पिक खेल्ने पक्का हुनेछ । यो नेपाली ब्याडमिन्टका लागि ठूलो उपलब्धि हो ।’

पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि ओलम्पिक लक्षित तयारी थालेका थिए ।

प्रिन्सले ४ वर्ष अघि १५ वर्षको उमेरमा नै हाम्रो खेलकुदसँग अन्तर्वाताकै क्रममा ओलम्पिक पदक जित्ने लक्ष्य रहेको बताएका थिए । हेर्नुहोस त्यो भिडियो :

Success

Thank you for your time.