default_image

2 hours ago

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

207 views

0 Bookmark

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो।

यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ।

खेलको सुरुआतमै नापोलीले अग्रता लिने मौका पाएको थियो। मिलानका गोलरक्षक माइक मैग्नाँले माटेओ पोलिटानोको कर्नरबाट आएको बल नियन्त्रणमा लिन सकेनन्। त्यसपछिको रिबाउन्डमा एल्जिफ एल्मासले प्रहार गरे पनि सफल हुन सकेन।

नापोलीले खेलमा निरन्तर दबाब बनाइरह्यो। स्कट म्याकटोमिनेले टाढाबाट हानेको बल पोस्ट नजिकबाट बाहिरियो। मिलानका एड्रिएन राबियोले हेड गरेको क्रसबारमाथिबाट बाहिरियो।

पहिलो हाफ सकिन छ मिनेट बाँकी रहँदा नापोलीले पहिलो गोल गर्‍यो। रास्मुस होयलुन्डले दिएको क्रसमा मैग्नाँले बललाई पूर्ण रूपमा रोक्न सकेनन्। त्यस अवसरमा नेरेसले सिक्स यार्ड बक्सभित्रबाट सजिलै गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा नापोलीले अग्रता दोब्बर बनाउने अर्को राम्रो मौका पायो। काउन्टर आक्रमणपछि होयलुन्डले नजिकको पोस्टतर्फ प्रहार गरे, तर मिलानका कप्तान तथा गोलरक्षक मैग्नाँले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफको सुरुआत पनि नापोलीले आक्रामक रूपमा गर्‍यो। यस क्रममा अमिर रहमानीले टाढाबाट हानेको शक्तिशाली प्रहारलाई फेरि एकपटक मैग्नाँले रोक्दै मिलानलाई खेलमा फर्किने आशा जोगाइराखे।
तर ६३औँ मिनेटमा नापोलीले दोस्रो गोल गर्यो।

होयलुन्डले कोनी डे विन्टरलाई सजिलै छलाएर गोल गरे।होयलुन्डले केही समयपछि अर्को मौका पाए, तर उनको प्रहार पोस्ट नजिकबाट बाहिर गयो।

खेल सकिन ३ मिनेट बाँकी रहँदा स्कट म्याकटोमिनेले गोल गर्ने राम्रो अवसर पाए। तर उनको प्रहार पनि क्रसबारमाथिबाट बाहिर गयो।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.