default_image

7 years ago

June 30, 2017

कर्पोरेट ब्याडमिन्टन अब अन्तर्राष्ट्रिय स्वरुपमा

काठमाडौं (हाम्रो खेलकुद)– अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि राजधानीमा सुरु हुँदैछ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा हुने प्रतियोगिताले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको प्रतियोगिताको तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा प्रतियोगिता सञ्चालन भएको थियो । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि राजधानीमा सुरु हुँदैछ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा हुने प्रतियोगिताले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको प्रतियोगिताको तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा प्रतियोगिता सञ्चालन भएको थियो । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले चौथो संस्करण विगतको तुलनामा अझ भव्य रुपमा हुने बताए । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा हाम्रो देशको सांस्कृतिक आदानप्रदानसँगै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध पनि बढ्नेछ,’ अध्यक्ष श्रेष्ठले भने,‘नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ ।’

असार २१ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पुरा भएको अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले बताए । ‘ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएपछि विगतको तुलनामा सहभागिता र स्वरूपका दृष्टिले पहिला भन्दा अझ बृहत् हुने नै भयो’, मालीले भने, ‘प्रतियोगितामा विदेशी खेलाडीसँग देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।’

अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो । ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स गरी ६ वटा स्पर्धा समावेश गरिएको छ । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ ।

 

Success

Thank you for your time.