default_image

7 years ago

July 10, 2017

रत्नजित र नविन फेरी फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सेनाका साविक विजेता रत्नजित तामाङ्ग र नविन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गतसाता सम्पन्न अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यी दुईनै फाइनलमा पुगेका थिए। फाइनलको यात्रा तय गर्न दुवै खेलाडीले सेमिफाइनलमा पुलिसका खेलाडीहरुलाई पराजित गरेका थिए। सोमबार पुरुष एकलको सेमिफाइनलमा रत्नले […]

53 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सेनाका साविक विजेता रत्नजित तामाङ्ग र नविन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गतसाता सम्पन्न अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यी दुईनै फाइनलमा पुगेका थिए।

फाइनलको यात्रा तय गर्न दुवै खेलाडीले सेमिफाइनलमा पुलिसका खेलाडीहरुलाई पराजित गरेका थिए। सोमबार पुरुष एकलको सेमिफाइनलमा रत्नले बिष्णु कटुवाललाई २१÷८, २१÷१४ र नविनले दिपेश धामीलाई २१÷१६, ७÷२१ र २१÷१० ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

यस अघि आजै भएको क्वाटरफाइनलको खेलमा रत्नले पर्फेक्ट फिटनेशका जीवन आचार्यलाई, बिष्णुले एपिएफका सुदीप सेंढाईलाई, नविनले एपिएफका साजन कृष्ण ताम्राकारलाई र दिपेशले सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै सेमिमा स्थान बनाएका थिए ।

यस्तै पुरुष जोडी तर्फ पनि रत्नजित र नविनको जोडी फाइनल पुगेको छ । रत्न र नविनको जोडीले पर्फेक्ट फिटनेशका निर विक्रम देवकोटा र जीवन आचार्यको जोडीलाई २१÷१६, २१÷१५ ले पराजित गरेका थिए । अर्को सेमिफाईनलमा एपिएफका बिमल श्रेष्ठ र बिशाल प्रधानको जोडी पुलिसका दिपेश धामी र बिष्णु कटुवालको जोडी संग २१÷१८, ९÷२१ र १४÷२१ ले पराजित भए ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको महिला एकलमा अघिल्लो संस्करणकी विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अनु माया राईलाई २१÷१९, २१÷१९ को सोझो सेटमा पराजित गर्दै फाईनलमा सेनाकै अमिता गिरी संग प्रतिस्पर्धा गर्ने भएकी छिन् । गिरीले सेमिफाईनलमा एपिएफकी शोभा गौचनलाई २२÷२६, १८÷२१ र २१÷१२ ले पन्छाउंदै फाईनल यात्रा तय गरेकी थिईन् ।

महिला जोडीमा एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडी जेष्टका सुनैना मुखिया र जेसिका गुरुङ्गको जोडीलाई २१÷१८ र २१÷११ ले पराजित गर्दै फाईनल प्रवेश गरे ।

ब्वाईज यु–१५ मा कन्चनपुरका गोकुल जोरा एभिएन स्कुलका प्रियान्सु सिंह घर्तीलाई २०÷२२, २१÷११ र २१÷१० ले पराजित गर्दै फाईनल पुगे । अव फाईनलमा उनले ललितपुरका पेम्बा शेर्पाको सामना गर्ने भएका छन् । शेर्पाले कैलालीका जे.बी.चन्दलाई १५÷२१, २१÷१२ र २१÷८ ले पराजित गरे ।

गल्र्स तर्फको स्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्ट र आर्मीकी रसिला महर्जन फाईनल पुगे । भट्टले विराट ब्याडमिन्टन क्लबकी निता लम्साललाई २१÷१२, २१÷१४ ले र महर्जनले विराट ब्याडमिन्टनकी नै सिमा राजबंशीलाई २१÷७, २१÷१४ ले पराजित गरे

Success

Thank you for your time.