default_image

7 years ago

July 19, 2017

नेपाली नम्बर एक रत्नजित यूएस ओपनमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले योनेक्स यूएस ओपनअन्तर्गत मेन्स सिंगल्समा आज राती चुनौति प्रस्तुत गर्दैछन् । लगातार दोस्रो बर्ष यूएस ओपनमा भाग लिन अमेरिका पुगेका रत्नजितले आफुभन्दा वरियतामा माथि रहेका क्यानेडियन खेलाडी जेसन एन्थोनीको सामना गर्दैछन् । विश्व वरियतामा रत्नजित २ सय ११ औं स्थानमा छन् । जासन १ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले योनेक्स यूएस ओपनअन्तर्गत मेन्स सिंगल्समा आज राती चुनौति प्रस्तुत गर्दैछन् । लगातार दोस्रो बर्ष यूएस ओपनमा भाग लिन अमेरिका पुगेका रत्नजितले आफुभन्दा वरियतामा माथि रहेका क्यानेडियन खेलाडी जेसन एन्थोनीको सामना गर्दैछन् ।

विश्व वरियतामा रत्नजित २ सय ११ औं स्थानमा छन् । जासन १ सय ७५ औं वरियताका खेलाडी हुन् । गत बर्ष अन्तिम १६ सम्म पुगेका रत्नजित यसपटक पनि उच्च प्रदर्शनको अपेक्षासहित अमेरिका पुगेका छन् ।

‘यहाँको प्रदर्शनले वरियतामा पनि महत्व राख्दछ । त्यसैले यो प्रतियोगिता सबैका लागि महत्वपूर्ण हुन्छ’ लगातार छ बर्षदेखि घरेलु ब्याडमिन्टनका च्याम्पियन रत्तजितले भने,‘हाम्रो जस्तो देशको खेलाडीका लागि यो ठूलो एक्सपोजर पाउने थलो हो । राम्रो खेल्ने प्रयास गर्नेछु ।’

उनले केही साताअघि मात्र अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टनमा मेन्स सिंगल्सको उपाधि र गत साता भएको पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि जितेका थिए । तयारीका विषयमा २० वटा सिंगल्स उपाधि जितिसकेका उनले भने, ‘म नेपालमा लगातार प्रतियोगिता खेलेर यहाँ आएको छु । आशा छ राम्रै हुन्छ होला । ’

रत्नजितले गत बर्ष दिदि नङ्सलदेवी तामाङसँग मिलेर पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको मिक्स डबक्समा स्वर्ण पदक जितेका थिए । नेपाली ब्याडमिन्टनले प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो सफलता हो ।

Success

Thank you for your time.