default_image

7 years ago

July 20, 2017

रत्नजित युएस ओपनमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङको योनेक्स यूएस ओपनअन्तर्गत मेन्स सिंगल्सको यात्रा यसपटकमा पहिलो खेलमै टुंगिएको छ । अमेरिकामा गए राती भएको खेलमा रत्नजित आफु भन्दा वरियतामा माथि रहेको क्यानेडियन खेलाडी जासन एन्थोनीसँग २–० ले पराजित भएका थिए । गत बर्ष पहिलो सहभागितामा रत्न अन्तिम १६ मा पुगेका थिए । […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङको योनेक्स यूएस ओपनअन्तर्गत मेन्स सिंगल्सको यात्रा यसपटकमा पहिलो खेलमै टुंगिएको छ ।

अमेरिकामा गए राती भएको खेलमा रत्नजित आफु भन्दा वरियतामा माथि रहेको क्यानेडियन खेलाडी जासन एन्थोनीसँग २–० ले पराजित भएका थिए । गत बर्ष पहिलो सहभागितामा रत्न अन्तिम १६ मा पुगेका थिए ।

विश्व वरियतामा रत्नजित २ सय ११ औं स्थानमा रहेका १ सय ७५ औं वरियताका जासनले २१–१८, र २१–१२ पराजित गरेका थिए ।

६ बर्षदेखि राष्ट्रिय च्याम्पियन रहेका रत्नजित केही दिनअघि अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन र पुष्पलाल स्मृति ब्याडमिन्टमा मेन्स सिंगल्सको उपाधि जितेर अमेरिका प्रस्थान गरेका थिए ।

उनले खेल जीवनमा २० वटा सिंगल्स उपाधि जिसकेका छन् । रत्नजितले गत बर्ष दिदि नङ्सलदेवी तामाङसँग मिलेर पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टनको मिक्स डबक्समा स्वर्ण पदक जितेका थिए । नेपाली ब्याडमिन्टनले प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो सफलता हो ।

Success

Thank you for your time.