default_image

7 years ago

September 4, 2017

दोस्रो जेष्ट ब्याडमिन्टन बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता यही बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता यही भदौं २१ गतेदेखि २४ गतेसम्म गराउने जानकारी गराएको हो । यस्तै एकेडेमीले करिव ७० जना खेलाडी राख्न मिल्ने छात्रावास सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी गराए […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता यही बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता यही भदौं २१ गतेदेखि २४ गतेसम्म गराउने जानकारी गराएको हो ।

Badminton

यस्तै एकेडेमीले करिव ७० जना खेलाडी राख्न मिल्ने छात्रावास सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी गराए । प्रतियोगितामा यसपटक आठ विधा समावेश गरिएको छ । यसपटक महिला डबल्सलाई हटाएर यु–१९ पुरुष तथा महिलाको विधा समावेश गरिएको आयोजकले जानकारी गराए ।

यसपटक पुरुष एकल, पुरुष डबल्स (टप १० बाहेक), महिला एकल, यु–१९ पुरुष खुल्ला, यु–१९ महिला खुल्ला, मिश्रित युगल खुल्ला, मास्टर ३५ वर्षभन्दामाथि खुल्ला र मास्टर ४५ वर्षभन्दा माथिको विधा प्रतियोगितामा समावेश गरिएको जेष्ट ब्याडमिन्टन एकेडेमीका संयोजक तथा राष्ट्रिय टिमका चिफ कोच सुदिप योन्जनले जानकारी गराए । सबै विधामा गरी यसपटक २१९ खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष डबल्सतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाउनेछ । महिलातर्फको विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ ।

मिक्स डबल्र्सका विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गर्नेछ । अघिल्लो वर्ष पुरुष एकलमा आर्मीका रत्नजित तामाङले उपाधि जितेका थिए । प्रतियोगिता सञ्चालन गर्न ७ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सबै खेल जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धारमा हुनेछ ।

Success

Thank you for your time.