default_image

7 years ago

September 7, 2017

रत्नजित र दिपेश क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ दोस्रो जेष्ट ब्याडमिन्टर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न प्रतियोगिताको पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङले प्रि–क्वार्टरफाइनलमा नेपाल एपिएफ क्लबका विजित थापामगरलाई २१–९, २१–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । यस्तै एपिएफका सुदीप सेंढाई र […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ दोस्रो जेष्ट ब्याडमिन्टर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न प्रतियोगिताको पुरुष एकलतर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङले प्रि–क्वार्टरफाइनलमा नेपाल एपिएफ क्लबका विजित थापामगरलाई २१–९, २१–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।

badminton

यस्तै एपिएफका सुदीप सेंढाई र साजन कृष्ण ताम्राकार, पुलिसका बिष्णु कटुवाल र दिपेश धामी, कम्प्लिट हेल्थ क्लबका जीवन आचार्य, सेनाका नविन श्रेष्ठ र कैलालीका संजीव खड्का पनि क्वार्टरफाइनलमा पुग्न सफल भए । एपिएफका सेंढाईले पुलिसका गौतम कठायतलाई २१–१४, २१–१५ र साजनले शेर्पा ट्रेड्सका प्रिन्स दाहाललाई २१–१७, २१–१६ले, पुलिसका बिष्णुले शेर्पा ट्रेड्सका सुनिल जोशीलाई २१–१४, १३–२१ र २२–२०, दिपेश धामीले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१२ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे । यस्तै कम्प्लिट हेल्थ क्लबमा जविनले पुलिसका दीपक बोहरालाई २२–२०, २१–१९ले, सेनाका नविनले कम्प्लिटका निर विक्रम देवकोटालाई २१–१४, १७–२१ र २१–९ले तथा कैलालीका संजीव खड्काले २१–१३, २१–१६ले पराजित गर्दै अन्तिम सोह्रमा स्थान बनाउन सफल भए । यस्तै महिला एकलतर्फ सेनाका नेपाल नम्बर एक नङशलदेवी तामाङ, रशिला महर्जन, अनुमाया राई र अमिता गिरी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउंदै अन्तिम आठमा प्रवेश गरे । एसएससी विराटनगरकी निता लम्साल, कास्कीकी पुनम गुरुङ, आयोजककी जेशिका गुरुङ र भोजपुरकी सीता राईले पनि अन्तिम आठमा स्थान सरक्षित गरेकी छिन् । एकेडेमीको बसुन्धारास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले तीनचुलीका थोप्तेन शेर्पा र दिपु मगरको जोडीलाई २१–१५, २१–८ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे ।

यस्तै बाग्लुङका विवेक जिसी र चन्द्र कुमार खापुङको जोडी, सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडी, जेष्टका रुपक थिङ र अखिल श्रेष्ठको जोडी, सेनाका पविन लिनथेप र रुकेश महर्जनको जोडी, एपिएफका ईन्द्र महता र पुलिसका गौतम कठायतको जोडी, गंगटाका रेशम पुन र राजकुमार पोखरेलको जोडी र सेनाका दिलेन्द्र पुन र विशाल खड्काको जोडीले आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्न सफल भए । प्रतियोगितको दोस्रो दिन भएको यु–१७ ब्वाईजतर्फ शेर्पा ट्रेड्सका प्रिन्स दाहाल, सेनाका विशाल खड्का, पविन लिनथेप, रुकेश महर्जन र प्रफुल महर्जन, नेपालगंज ब्याडमिन्टन क्लबका सहरोज अन्सारी र शिव थापा तथा आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीका सियोन पेन्जोर केम्पे पनि अन्तिम सोह्रमा प्रवेश गरेका छन् । कुल ७ लाख ८० हजार लागत रहेको प्रतियोगितामा ३ लाख २८ हजार पुरस्कारमा खर्च हुने छ । जसमा पुरुष एकल र जोडीतर्फ प्रथम र द्वितियले नगद २५ हजार र १५ हजार तथा तृतिय स्थान प्राप्त गर्ने अर्थात सेमिफाईनलिष्टले नगद ५–५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल तर्फ प्रथम, द्वितियले नगद २० हजार र १२ हजार तथा तृतिय हुने दुईले नगद ४–४ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१७ महिला तथा पुरुषमा पहिलो र दोस्रो हुनेले नगद १६ हजार र ८ हजार तथा तेश्रो हुने दुईले नगद ३–३ हजार प्राप्त गर्नेछन् ।

मिश्रित जोडी र मास्टर तर्फका पहिलो, दोश्रो हुनेले २० हजार र १२ हजार तथा तेश्रो हुने दुईले ४–४ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा अनुशासित एक खेलाडीलाई काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघले प्रायोजना गरेको १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

Success

Thank you for your time.