default_image

7 years ago

September 8, 2017

तामाङ दिदीभाई रत्न र नङ्सल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदी भाई रत्नजित र नङ्सल दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेनाका खेलाडी भाई रत्नजितले पुरुष एकलतर्फको खेलमा नेपाल पुलिसका बिष्णु खड्कालाई २१–८, २१–१५ मा पराजित गर्दै फाइनलमा सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । अर्को खेलमा नविनले पुलिसका दिपेश धामीलाई १७–२१, २१–१९, २१–१४ ले पराजित […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदी भाई रत्नजित र नङ्सल दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेनाका खेलाडी भाई रत्नजितले पुरुष एकलतर्फको खेलमा नेपाल पुलिसका बिष्णु खड्कालाई २१–८, २१–१५ मा पराजित गर्दै फाइनलमा सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । अर्को खेलमा नविनले पुलिसका दिपेश धामीलाई १७–२१, २१–१९, २१–१४ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे ।

मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै तामाङ दिदीभाई रत्न र नङ्सल । एकलतर्फ दुवै फाइनलमा पुगेपनि मिक्समा भने पराजित भएका छन् ।

जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलमा नेपाल च्याम्पियन नङ्सल देवी तामाङले सेनाकै रशिला महर्जनलाई कठिन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । पहिलो सेटमा २१–१५ ले जित निकालेकी नङ्सल दोश्रो सेटमा १०–२१ ले पराजित भइन् । तेस्रो सेटमा उनले १८–१८ को अवस्थालाई आफ्नो पक्षमा पार्दै २१–१८ को जित निकालिन् । उनले फाइनलमा सेनाकै अमिता गिरीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । अमिताले सेनाकै अनुमाया राईलाई २१–१७, २१–१८ को जित निकाल्दै अन्तिम दुईको यात्रा तय गरेकी थिइन् ।

बसुन्धारास्थित आयोजकको कोर्टमा जारी प्रतियोगिताको पुरुष युगलतर्फ सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीले एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडी माथि २१–१२, २१–१४ को जित हासिल गर्दै फाइनल यात्रा तय गर्यो । महर्जनको जोडीले फाइनलमा एपिएफका इन्द्र महता र पुलिसका गौतम कठायतसंग प्रतिस्पर्धा गर्ने छन् । महता र गौतमको जोडीले गंगटाका रेशम पुन र राजकुमार पोखरेलको जोडीलाई २१–१७, २१–१५ को सोझो सेटमा पराजित गर्यो ।
मिक्स डबल्सतर्फको खेलमा तामाङ दिदि भाई पराजित भएका छन् । एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीले तामाङ दिदिभाईलाई २६–२४, २२–२४ र २१–१५ ले पराजित गरे । दोस्रो खेलमा सेनाका नविन श्रेष्ठ र अनुमाया राईको जोडीले पुलिसका दिपेश धामी र कास्कीकी याम कुमारी गुरुङको जोडीमाथि १६–२१, २१–१५ र २२–२० को जित निकाल्यो ।

शुक्रबारनै सम्पन्न अर्को यु–१७ को ब्वाईज तर्फको खेलमा नेपाली सेनाका प्रफुल महर्जन र शेर्पा ट्रेड्सका प्रिन्स दाहालबीच उपाधिका लागि भिडन्त हुने भएको छ । प्रफुलले सेनाकै रुकेश महर्जनलाई २१–१३, १२–२१ र २१–१३ ले र प्रिन्सले सेनाकै पविन लिन्थेपलाई २१–१०, २१–१४ को सोझो सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरे ।

यस्तै गल्र्स तर्फको खेलमा आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीकी जेशिका गुरुङ्गले सम्राट स्पोर्टिङ क्लब विराटनगरकी शिमा राजबंशीलाई २१–१४, २१–१५ले तथा सेनाकै रशिला महर्जनले दाङकी स्वीजंघ घर्तीमगरलाई २१–१, २१–४ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी छिन् ।

Success

Thank you for your time.