default_image

7 years ago

September 9, 2017

तामाङ दिदिभाई जेष्ट ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका तामाङ दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ लगातार दोस्रोपटक जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । तामाङ दिदिभाई पहिलो संस्करणमा पनि महिला एकल र पुरुष एकलतर्फ च्याम्पियन बनेका थिए । पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट खेलाडी पुरुषको मनोनयनमा समेत रहेका रत्नजितले पुरुष एकलतर्फ सेनाकै नविन श्रेष्ठ माथि २२–२०, २१–१३ […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका तामाङ दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ लगातार दोस्रोपटक जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । तामाङ दिदिभाई पहिलो संस्करणमा पनि महिला एकल र पुरुष एकलतर्फ च्याम्पियन बनेका थिए ।

एकल उपाधिका साथ दिदी नङशल (बायाँ) र भाई रत्न जित तामाङ ।

पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट खेलाडी पुरुषको मनोनयनमा समेत रहेका रत्नजितले पुरुष एकलतर्फ सेनाकै नविन श्रेष्ठ माथि २२–२०, २१–१३ को सहज जित निकाल्दै उपाधि जितेका हुन् । उनले उपाधिसहित २५ हजार रुपैयाँ प्राप्त गरे । नविनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलतर्फको खेलमा सेनाकी नङ्शलले सेनाकै अमिति गिरीलाई २१–१५, २१–१७ ले पाखा लगाउंदै उपाधि जितिन् । पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट खेलाडी महिलाको मनोनयनमा समेत रहेकी नङ्शलले उपाधिसहित २० हजार रुपैयाँ जितिन् । अमिताले १२ हजार रुपैयाँ पाइन् ।

जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपिएफका ईन्द्र महता र पुलिसका गौतम कठायतको जोडी पहिलो भए । एपिएफका जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१४, २३–२१ ले हरायो । विजेता जोडी २५ हजार रुपैयाँ र दोस्रो हुने जोडीले १५ हजार रुपैयाँ पा¥यो ।

मिक्स डबल्स तर्फ एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीले सेनाका नविन श्रेष्ठ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै नयाँ ईतिहास रचे । विजेता जोडील्े २० हजार र दोस्रो हुने टोलीले १२ हजार रुपैयाँ पायो ।

बसुन्धारास्थित आयोजकको कोर्टमा शनिबार भएको प्रतियोगिताको यु–१७ ब्वाईजमा शेर्पा ट्रेडर्सका प्रिन्स दाहाल पहिलो भए । प्रिन्सले सेनाका प्रफुल महर्जन महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरे ।

यस्तै गल्र्सतर्फको खेलमा आयोजक जेष्टकी जेशिका गुरुङले सेनाकी रशिला महर्जनलाई २१–१६, २१–१२ ले पाखा लगाइन् । दुवै विधाका विजेताले ट्रफीसहित समान १६–१६ हजार प्राप्त गरे । दोस्रो हुने खेलाडीले समान ८ हजार रुपैयाँ पाए ।

यस्तै मास्टर्स ४५ बर्ष माथीको प्रतियोगितामा सेनाका सुभाष श्रेष्ठ र भूमी गुरुङको जोडी पहिलो भए । सेनाको जोडीले अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीलाई १४–२१, २१–९ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारे ।

यस्तै मास्टर्स ३५ बर्ष माथिको प्रतिस्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र सेनाका भूमी गुरुङको जोडीले एपिएफका ईन्द्र महता र विमल श्रेष्ठको जोडीलाई १६–२१, २१–१४, २१–१६ले पराजित गर्दै जित हात पारे । पहिलो हुनेले २० हजार र दोस्रो हुनेले १२ हजार रुपैयाँ प्राप्त गरे ।

Success

Thank you for your time.