default_image

6 years ago

October 1, 2017

नेपाली ब्याडमिन्टन खेलाडी म्यानमार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को आयोजना म्यानमारमा हुने जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । असोज १८ देखि २२ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले यू १५ र यू १७ मा महिला र पुरुषमा गरि चार खेलाडीले प्रतिस्पर्धा गर्ने टोलीका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जानकारी दिए […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को आयोजना म्यानमारमा हुने जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली ब्याडमिन्टन टोली म्यानमार प्रस्थान गर्नुअघि ।

असोज १८ देखि २२ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले यू १५ र यू १७ मा महिला र पुरुषमा गरि चार खेलाडीले प्रतिस्पर्धा गर्ने टोलीका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जानकारी दिए । यू १५ पुरुषमा प्रफुल महर्जन र यू १७ पुरुषमा प्रिन्स दाहाल ले चुनौति पेश गर्नेछन् ।

त्यस्तै महिला यू १५ मा जेसिका गुरुङ र यू १७ मा रसिला महर्जनले प्रतिस्पर्धा गर्नेछिन् । समिर बहादुर सिंहको नेतृत्वमा रहेको नेपाली टोलीको व्यवस्थापकमा रवि महर्जन गरेका छन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ टोलीलाई आज विदाई गरे ।

Success

Thank you for your time.