default_image

6 years ago

November 5, 2017

ब्याडमिन्टन टोली पाकिस्तानतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले पाकिस्तान इन्टरनेसनल सिरिजमा प्रतिस्पर्धा गर्ने भएका छन् । इस्लामावादमा बिहीबारबाट सुरु हुने सिरिजमा भाग लिन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । नोभेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा नेपाली ४ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले पाकिस्तान इन्टरनेसनल सिरिजमा प्रतिस्पर्धा गर्ने भएका छन् । इस्लामावादमा बिहीबारबाट सुरु हुने सिरिजमा भाग लिन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।


नोभेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा नेपाली ४ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल चुनौति पेश गर्नेछन् । त्यस्तै महिलामा नङशल तामाङ, सुनैना मुखियाँ र शोभा गौचनले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष दिदीभाइ नङशल र रत्नको जोडीले मिक्स डबल्समा स्वर्ण जितेका थिए । त्यो नेपालले जितेको अहिले सम्मको ठूलो पदक हो ।त्यतिबेला नङशलले महिला सिंगल्समा पनि कांस्य जितेकी थिइन् । टोलीको प्रशिक्षकमा प्रशिक्षकमा जयन्त श्रेष्ठ र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य सुनील श्रेष्ठ छन् ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र महासचिव वीरेन्द्र श्रेष्ठ पनि टोलीसंगै पाकिस्तान गएका छन् । टोलीलाई ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व ब्याडमिन्टन प्रमुख प्रशिक्षक उदयकुमार श्रेष्ठ, सचिव नवीनविक्रम शाहलगायतले विदाई गरे ।

Success

Thank you for your time.