default_image

6 years ago

November 14, 2017

ब्याडमिन्टनमा नेपाललाई अर्को ठूलो सफलता, दीपेश र शोभाको जोडीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले लगातार दोस्रो वर्ष ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यसपटक पाकिस्तानको इस्लामावादमा आइतबार सम्पन्न योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले स्वर्ण पदक जितेको छ । फाइनल अघि नै यसपटक पनि नेपाली खेलाडीले स्वर्ण जित्ने पक्का भइसकेको थियो । गत वर्षको विजेता दिदीभाई […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले लगातार दोस्रो वर्ष ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यसपटक पाकिस्तानको इस्लामावादमा आइतबार सम्पन्न योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले स्वर्ण पदक जितेको छ ।

उपाधिका साथ शोभा गौचन र दीपेश धामी ।

फाइनल अघि नै यसपटक पनि नेपाली खेलाडीले स्वर्ण जित्ने पक्का भइसकेको थियो । गत वर्षको विजेता दिदीभाई रत्नजित र नङशल देवीको जोडी फाइनलमा पुगेको थियो । घरलु कोर्टमा सधै पछि पर्दै आएका दीपेश र शोभाले यसपटक पाकिस्तान पुगेर भने नेपाली नम्बर एक जोडी रत्नजित र नङशलमाथि जित हासिल गरेका थिए ।

२७ मिनेट चलेको फाइनलमा शोभा र दीपेशको जोडीले २१–१४ र २१–१३ को सोझो सेटमा जित हासिल गरेको थियो । नेपाली ब्याडमिन्टनमा यो दोस्रो ठूलो सफलता हो । गत बर्ष दिदिभाईले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक दिलाएका थिए ।

मिक्स डबल्समा नेपालले स्वर्ण, रजत र कास्य तीनै पदक जित्न सफल भएको थियो । विष्णु कटुवाल र सुनैना मुखियाको जोडीले पाकिस्तानी जोडीसँगै कास्य पदक जितेका थिए । सेमिफाइनलमा रत्नजित र नङशलको जोडीले विष्णु र सुनैनालाई २१–१७,२१–७ ले हराएको थियो । त्यस्तै शोभा र दीपेशको जोडीले आयोजक पाकिस्तानका वकास अहमद र साइमा वकासको जोडीलाई २१–१७, २३–२१ ले हराउँदै अन्तिम दुई को यात्रा तय गरेका थिए ।

उपाधिका साथ बायाँबाट क्रमशः रत्नजित तामाङ,नङशल तामाङ,शोभा गौचन र दीपेश धामी ।

त्यसअघि दीपेश र शोभाको जोडीले पाकिस्तानकै साहमिर इफ्तिकार र जाभेरिया ताहिरको जोडीलाई १८–२१, २१–१३,२१–१८ ले पराजित गरेको थियो । मिक्स डबक्सको पहिलो खेलमा रत्नजितर र नङशलको जोडीले पाकिस्तानका वकाश जाहिद र जुबेइरा बट जोडीलई २१–१३,२१–१५ ले हराएको थियो । त्यस्तै विष्णु र सुनैनाको जोडीले पाकिस्तानका मुहम्मद एटिक्व्ी र घाजाला सिद्धिकीको जोडीलाई १५ –२१,२३–२१,२१–१९ ले हराएर अन्तिम चारको यात्रा तय गरेका थिए ।

उपाधिका साथ शोभा गौचन र दीपेश धामी ।

सिंगल्सतर्फ प्रतियोगिताको तेस्रो वरियताका रत्नजित मात्र दोस्रो चरणमा पुग्न सफल भए । अन्य सबै खेलाडी पहिलो खेलमै पराजित भएका थिए । पहिलो खेलमा पाकिस्तानका राजा मोहमदलाई २१–१६,२१–१३ ले हराएका रत्न जित दोस्रो खेलमा आयोजककै रिजवान अजमसँग १० –२१,२१–१७,२१–१६ ले पराजित भएका थिए । अन्य खेलमा दीपेश टर्कीका खेलाडीसँग २१–७,२१–१२ले, विष्णु पाकिस्तानका खेलाडीसँग २१–७,२१–१०ले र साजनकृष्ण ताम्राकार टर्कीका खेलाडीसँग २१–७,२१–११ ले हारेका थिए ।

 

त्यस्तै वमन्स सिंगल्समा सुनैना श्रीलंकाकी खेलाडीसँग २१–२,२१–१३ ले, शोभा पाकिस्तानकी खेलाडीसँग १५ –२१,२१–१५,२१–१५ ले र नङशल आयोजक पाकिस्तानकी खेलाडीसँग २२–२०,२२–२० ले पराजित भइकी थिइन् । वमन्स डलब्समा सुनैना र नङशङको जोडी आयोजक पाकिस्तानी जोडीसँग २५–२३,१०–२१,२१–१४ ले पराजित भएको थियो ।

मेन्स डबल्समा दीपेश र रत्नजितको जोडी भियतनामका ली थान लाम र धिन ट्रानको जोडीसँग २१–१८,१७–२१,२१–१६ ले पराजित भएको थियो । विष्णु र साजनको जोडी पाकिस्तानका जोडीसँग २१–१४,२१–१९ ले हारेको थियो । नेपाली खेलाडीको टोली भारत हुँदै स्वदेश फर्कने क्रममा छन् ।

Success

Thank you for your time.