default_image

6 years ago

November 15, 2017

बोसीगाउँमा ब्याडमिन्टन शुक्रबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – बोसीगाउँ ब्याडमिन्टन समूहको आयोजनामा प्रथम बोसीगाउँ खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । प्रतियोगिता सात गाँउले जात्राको उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसीगाँउस्थित बुद्ध चौतारामा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित ६४ डबल्सको सहभागिता रहने छ । पहिला आउने टिमलाई पहिलो प्राथमिकता हुने आयोजकले […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बोसीगाउँ ब्याडमिन्टन समूहको आयोजनामा प्रथम बोसीगाउँ खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । प्रतियोगिता सात गाँउले जात्राको उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसीगाँउस्थित बुद्ध चौतारामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अनुमानित ६४ डबल्सको सहभागिता रहने छ । पहिला आउने टिमलाई पहिलो प्राथमिकता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता जोडीले १ लाख १ हजार १ सय १ रुपैया प्राप्त गर्नेछ । दोस्रो हुने जोडीले ५५ हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनल पुग्ने दुई टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट जोडी र उत्कृष्ट खेलाडीलाई समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनको लागि करिव ६ लाख रुपैया खर्च हनु आयोजकले अनुमान गरेको छ ।

Success

Thank you for your time.