default_image

6 years ago

November 20, 2017

जेष्ट ब्याडमिन्टनद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१७ मा विजयी ब्याडमिन्टन खेलाडीहरुलाई जेष्ट ब्याडमिन्टन एकेडेमी, बसुन्धाराले नगदसहित सम्मान गरेको छ । एकेडेमीको आफ्नै हलमा सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहले पहिलो स्थान हात […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१७ मा विजयी ब्याडमिन्टन खेलाडीहरुलाई जेष्ट ब्याडमिन्टन एकेडेमी, बसुन्धाराले नगदसहित सम्मान गरेको छ ।

एकेडेमीको आफ्नै हलमा सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहले पहिलो स्थान हात पार्न सफल खेलाडीद्वय दिपेश धामी र शोभा गौचनलाई प्रशंसा पत्र प्रदान गरे ।

यस्तै एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले खेलाडीद्वय धामी र गौचनलाई एकेडेमीद्वारा प्रदान गरिएको नगद १५ हजार पनि प्रदान गरे । धामी र गौचनले अघिल्लो संस्करणका विजयी खेलाडी तामाङ्ग दिदीभाई नङ्गशल र रत्नलाई पराजित गर्दै स्वर्ण जितेका थिए । यस्तै दोस्रो स्थान हात पारेका तामाङ दिदीभाईले नगद ८ हजार सहित प्रशंसा पत्र प्राप्त गरे ।

उनीहरुलाई एशियाली खेलकुद पत्रकार महासंघका (एआईपिएस) कोषाध्यक्ष निरञ्जन राजबंशी, ब्याडमिन्टन संघका पूर्वउपाध्यक्ष नरेशबहादुर सिंह तथा सदस्य हिमाल विक्रम शाहले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा तृतीय स्थान हात पार्न सफल खेलाडीद्वय विष्णु कटुवाल र सनैना मुखियालाई ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव नविन शाहले प्रशंसा पत्र र नगद वितरण गरे । कटुवाल र मुखियाले नगद ५ हजार प्राप्त गरे ।

Success

Thank you for your time.