default_image

6 years ago

December 6, 2017

दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टनमा नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेशिका गुरुङ, सनैना मुखियाँ र रसिला महर्जन […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।

नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेशिका गुरुङ, सनैना मुखियाँ र रसिला महर्जन सहभागी छन् । मिक्स टिममा पुरुष-महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुन्छ ।

नेपालले उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । नेपाल र भारतसहित प्रतियोगितामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् । भारत विजेता हुँदै फाइनलमा पुगेको हो ।

नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई समान ५–० को नतिजामा पराजित गर्‍यो । त्यस्तै भारतसंग भने नेपाल ५–० ले नै चुकेको थियो ।

Success

Thank you for your time.