default_image

6 years ago

December 20, 2017

नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट सुरु हुँदै छ । प्रतियोगिता पुस ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा एसियाका १०, ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिली गरी […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट सुरु हुँदै छ । प्रतियोगिता पुस ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदै छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा एसियाका १०, ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिली गरी १९ देशको सहभागिता रहनेछ । यसपटक
पुरस्कार राशिमा वृद्धि गर्दै ८ हजार डलर पुर्याइएको छ ।

यसपटक पनि यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादन कम्पनी योनेक्सले प्रायोजन गरेको हो । प्रायोजन वापत योनेक्सले आवश्यक सटल कर्क र ६ हजार पुरस्कार राशी प्रदान गर्नेछ । पुरस्कार राशीका बाँकी २ हजार डलर नेपाल ब्याडमिन्टन संघले व्यहोर्ने छ ।

प्रतियोगितामा पुरुष/महिला एकल र जोडी तथा मिक्स गरि कुल ५ विधामा १८ राष्ट्रका २२५ खेलाडीहरुले सहभागिता गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।जसमा भारतबाट ९० खेलाडीहरुले सहभागिता जनाउने छन् । नेपालले उक्त प्रतियोगिताका लागि १२ महिला र २० पुरुष खेलाडीलाई कोर्टमा उतार्ने भएको छ ।

नेपाली टिमले प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षकहरु किरण थापा र जयन्त श्रेष्ठले पूर्व प्रमुख प्रशिक्षक उदय श्रेष्ठको निगरानीमा प्रशिक्षण प्रदान गर्दै आई रहेका छन् । नेपाल पहिलो संस्करणमा क्वार्टरफाइनलम सम्म पुगेको थियो ।

Success

Thank you for your time.