default_image

6 years ago

December 20, 2017

ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको औसत प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको पहिलो दिन बुधबार नेपाली खेलाडीले औसत प्रदर्शन गरेका छन् । मेन्स सिंगल्स मा नेपालका प्रिन्स दाहालले एक खेल जिते भने अर्को खेलमा बंगलादेशका खेलाडीबाट वाक ओभर पाउदै अर्को चरणमा प्रवेश गरे । प्रिन्सले पहिलो खेलमा भारतका शुभमलाई १३–२१, २१–१२ र २१–१५ ले हराए । उनले […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको पहिलो दिन बुधबार नेपाली खेलाडीले औसत प्रदर्शन गरेका छन् । मेन्स सिंगल्स मा नेपालका प्रिन्स दाहालले एक खेल जिते भने अर्को खेलमा बंगलादेशका खेलाडीबाट वाक ओभर पाउदै अर्को चरणमा प्रवेश गरे ।

प्रिन्सले पहिलो खेलमा भारतका शुभमलाई १३–२१, २१–१२ र २१–१५ ले हराए । उनले अर्को खेलमा बंगलादेश अरिफ इस्लामबाट वाकओभर पाएका थिए । सुनिल जोशीले भुटानका जमयाङ तेन्जिनलाई २१–८ र २१–४ को सोझो सेटमा पराजित गरे । विलाल वारिसले १ खेलमा जित हात पार्दा दुई खेलमा हार बेहोरे ।

भुटानका गाजिन वाङचुकलाई २१–९ र २१–८ को सोझो सेटमा जित निकालेको विलालले अर्को छनोट खेलमा भारतका राहुल भारध्वज र रघुमारीस्वामीसँग २–० को सोझो सेटको हार बेहोरे । पहिलो खेलमा भारतका साहिल बोर्डियाबाट वाक ओभर पाएका जीवन आचार्य म्यानमारका सई वु पेटसँग २१–१७ र २१–१६ ले पराजित भए ।

पहिलो खेलमा भारतीय नितेश यादवबाट वाक ओभर पाएका बिकास श्रेष्ठ दोस्रो खेलमा म्यानमारका अङ म्योसँग पराजित भए । निर बिक्रम देवकोटा भारतका यस योगीसँग पराजित भए । विवेक श्रेष्ठ भारतका क्रितेश ढिन्डुवालसँग पराजित भए । यस्तै वमन्स सिंगल्समा जेसिका गुरुङले मात्रै जित हात पार्न सफल भइन् । जेसिकाले भुटानकी थिन्ले वाङ्मोलाई २१–७ र २१–८ ले पराजित गरिन् । रसिला महर्जन, सीता राई, पुनम गुरुङ र सम्झना शर्मा आ–आफ्ना प्रतिद्धन्द्धीसँग पराजित भईन ।

मेन्स डबल्समा पनि नेपालका जीवन आचार्य प्रफुल महर्जनको जोडी भारतका भैवभ र बसन्त कुमारको जोडीसँग पराजित भयो । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुस ९ गतेसम्म सञ्चालन हुने सिरिजमा १९ देशका २ सय २५ खेलाडीले प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितामा मेन्स ÷ वमन्स सिंगल र डबल्स तथा मिक्स गरि कुल ५ विधा समावेश गरिएको छ । सिरिजमा नेपालबाट १२ महिला र २० पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

Success

Thank you for your time.