default_image

6 years ago

December 23, 2017

दीपेश र शोभाको जोडी अन्तर्राष्ट्रिय ब्याडमिन्टनको मिक्स डबल्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा पाँच मध्ये एउटा इभेन्ट्को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्सको फाइनलमा पुगेपछि नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गत महिना पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्ण पदक जितेका दीपेश र शोभाले आज भएको सेमिफाइनलमा […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा पाँच मध्ये एउटा इभेन्ट्को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्सको फाइनलमा पुगेपछि नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ ।

सेमिफाइनलमा क्रममा दीपेश धामी र शोभा गौचन । तस्बिर सौजन्य : राखेप

गत महिना पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्ण पदक जितेका दीपेश र शोभाले आज भएको सेमिफाइनलमा मलेसिसयाका इभासगारहन भासीगारन र धर्सिनी भासीगरनको जोडीलाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपाली जोडीले मलेसियन जोडीलाई २१–१७,१६–२१ र २२–२० ले हराृउँदै लगातार दोस्रो महिना दोस्रो स्वर्ण पदक जित्ने सम्भावनालाई जीवित राखेको छ ।

भोली हुने फाइनलमा नेपाली जोडीले भारतका भी डेभलेकर र हारिका भेलुदुर्तीको जोडीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा नेपाली दिदी भाई नङसल र रत्नजित तामाङको जोडीलाई २१–१६ र २१ –७ को सोझो सेटमा हराउँदै भारतीय जोडीले दीपेश र शोभासँगको फाइनल भेट पक्का गरेका हुन् ।

बाँकी चार इभेन्ट्स मेन्स सिंगल्स, मेन्स डबल्स, उमन्स सिंगल्स र उमन्स डलब्समा नेपाली खेलाडीको यात्रा टुंगिएको थियो । सबै पाँच इभेन्ट्सको फाइनल भोली हुने आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

सेमिफाइनलमा क्रममा दीपेश धामी र शोभा गौचन । तस्बिर सौजन्य राखेप

सेमिफाइनलमा क्रममा दीपेश धामी र शोभा गौचन । तस्बिर सौजन्य राखेप

Success

Thank you for your time.