default_image

6 years ago

December 24, 2017

दिपेश र शोभाको जोडी फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र शोभा गौचनको जोडी राजधानीमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गतको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबार भएको फाइनलमा दिपेश धामी र शोभा गौचनको जोडी भारतीय भी डेभलेकर र हारिका भेलुदुर्तीसँग २१–१५ र २१–७ को सोझो सेटमा पराजित […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र शोभा गौचनको जोडी राजधानीमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गतको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबार भएको फाइनलमा दिपेश धामी र शोभा गौचनको जोडी भारतीय भी डेभलेकर र हारिका भेलुदुर्तीसँग २१–१५ र २१–७ को सोझो सेटमा पराजित भयो । यो जोडी नेपाली दिदीभाई नङसल र रत्नजित तामाङको जोडीलाई २१–१६ र २१–७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

दिपेश र शोभा यसअघि शनिबार मलेसियाका इभासगारहन भासीगारन र धर्सिनी भासीगरनको जोडीलाई २१–१७, १६–२१ र २२–२० ले हराउँदै फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गत महिना पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्णपदक जितेका थिए ।


सिरिजको पुरुष सिंगल्सतर्फ भारतका एस जैसवाल आफ्नै देशका एल सराङलाई २१–१० र २१–१० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बने । महिला सिंगल्समा हङकङ चाइनाकी डेङ जोन छुयानले इरानकी आगहेईहाजिकालाई २१–१२ र २१–५ को सोझो सेटमा हराउँदै च्याम्पियन बनिन् ।

पुरुष डबल्समा सिंगापुरका डी क्रिसनान्ता र हि योङ काई टेरीको जोडीले मलेसियाका जिन सर्न इआन ओङ र चि टिन टानको जोडीलाई २२–२०, १४–२१ र २१–१६ को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।

महिला डबल्समा भारतीय जोडी अर्पना बलान र श्रुति केपीको जोडीले आफ्नै देशका एच भेलुदुर्ती र करिश्मा वाडकरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बने ।

पुस ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगिताको विजेताले समग्रमा ८ हजार डलर पुरस्कार प्राप्त गरे । पाँच दिनसम्म चलेको प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीहरुले विभिन्न ५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.