default_image

6 years ago

January 19, 2018

आर्मीका रत्नजित फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलको तेस्रो सेटमा घाइते भएका कारण प्रिन्स दाहालले खेल्न नसक्ने भएपछि रत्न उपाधिनजिक पुगेका हुन् । यसअघि शीर्ष वरियताका रत्नविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका प्रिन्सले पहिलो […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् ।

फाइल तस्बिर

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलको तेस्रो सेटमा घाइते भएका कारण प्रिन्स दाहालले खेल्न नसक्ने भएपछि रत्न उपाधिनजिक पुगेका हुन् । यसअघि शीर्ष वरियताका रत्नविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका प्रिन्सले पहिलो सेट २१–१५ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि १५–१४ को अवस्थामा प्रिन्स कोर्टमा लडेर घाइते भएपछि रत्नले खेल २१–१५ ले आफ्नो पक्षमा पारेको थियो । तर, निर्णायक तथा अन्तिम सेटको खेल ८–३ को अवस्थामा रहँदा प्रिन्सले खेल्न नसक्ने भएपछि रन्त फाइनल पुग्न सफल भयो ।

पुरुषकै एकलतर्फको अर्को खेलमा घरेलु दर्शको साथ पाएका एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ले पाखा लगाउंदै उपाधीका लागि सेनाका रत्नसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा सेनाकी नङ्शल तामाङले एपिएफकी शिक्षा श्रेष्ठको फाईनलमा सामना गर्ने भएकी छिन् । नङ्शलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले पाखा लगाईन् । यस्तै शिक्षाले सेनाकी अमिता गिरीमाथि २२–२०, २१–१५ को जित निकाल्दै फाईनलमा उपाधीको लागि सेनाकी नङ्शलसँगका भेट पक्का गरिन् ।

यस्तै पुरुष जोडीतर्फको सेनाका रत्नजित र नविन श्रेष्ठको जोडी र एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी फाइनलमा प्रवेश गरेका छन् । रत्न र नविनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को सेटमा पराजत गर्दा दिपेश र विजितको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।

महिला जोडीतर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी फाईनलपुगे । श्रेष्ठ जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ ले पाखा लगाउदै फाईनलमा सेनाका नङ्शल र अनुमायाको जोडीसँगको भेट पक्का गरिन् । नङ्शल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ को जित निकाले ।

मिस्क जोडीतर्फको खेलमा सेनाका नङ्शल र रत्न दिदिभाईको जोडीले एपिएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ ले र एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ ले पराजित गर्दै फाईनल भेट पक्का गरे ।

Success

Thank you for your time.