default_image

6 years ago

March 14, 2018

नङ्सल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी नङ्सल तामाङ १४ औं कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् । एपीएफ मुख्यालय हल्चोकमा बुधबार भएको फाइनलमा नङ्सलले आफ्नै क्लबकी रशिला महर्जनलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएकी हुन् । नङ्सलले रशिलामाथि २१–१९, १९–२१ र २१–१९ को जित निकालन् […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी नङ्सल तामाङ १४ औं कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।

एपीएफ मुख्यालय हल्चोकमा बुधबार भएको फाइनलमा नङ्सलले आफ्नै क्लबकी रशिला महर्जनलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएकी हुन् । नङ्सलले रशिलामाथि २१–१९, १९–२१ र २१–१९ को जित निकालन् ।

पुरुष एकलतर्फ आर्मीका रन्तजित तामाङ र एपीएफका दिपेश तामाङले उपाधि भिडन्त पक्का गरेका छन् । बुधबार भएको खेलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० को सहज जित निकाल्दा एपीएफका दिपेश धामीले आर्मीका नविन श्रेष्ठलाई २१–१६ र २१– १६ को सहज सेटमा पाखा लगायो ।

पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडी, पुलिसका दिपक बोहोरा र जीवन आचार्यको जोडी र एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले सेमिफाइनलमा स्थान बनाए । महिला युगलतर्फ एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी र आर्मीकी नङ्सल तामाङ र अनुमाया राईको जोडीले फाइनलमा स्थान बनाइन् ।

४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फ जेष्ट व्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडी र ग्यालेक्सी क्लवका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीले फाइनलमा भेट पक्का गरे । १७ वर्षमुनि पुरुष एकलतर्फ आर्मीका प्रफुल्ल महर्जन र दार्चुलाका प्रिन्स दाहाल फाइनलमा प्रवेश गरे ।

Success

Thank you for your time.