default_image

6 years ago

March 15, 2018

रत्नजित र नवीनको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष युगलतर्फ च्याम्पियन बनेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालयमा बिहिबार भएको फाइनलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीलाई २–१ को सेटमा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष युगलतर्फ च्याम्पियन बनेको छ ।

फाइल तस्बिर

सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालयमा बिहिबार भएको फाइनलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २१–१६ ले जितेको रत्न र नवीनको जोडीले दोस्रो सेट भने १९–२१ ले गुमाएको थियो । निर्णायक सेट २२– २० उक्त जोडीले हाप पार्यो ।

१७ वर्षमुनी पुरुष एकलतर्फको फाइनल खेलमा दार्चुलाका प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनलाई २१–१४ र २१–१९ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् । महिला युगलतर्फ एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडी पहिलो भए । पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले त्रिभुवन आर्मी क्लवकी नङ्सल तामाङ र अनुमाया राईको जोडीलाई २१–२३, २१–१४ र २१–१६ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । मिक्स डबल्सतर्फ एपीएफकी पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले त्रिभुवन आर्मी क्लवकी नङ्सल तामाङ र रत्नजित तामाङको जोडीलाई १७–२१, २१–१९ र २१–१७ ले पराजित गर्दै उपाधि हात पार्यो ।

४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको फाइनल खेलमा जेष्ठ व्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडीले ग्यालेक्सी क्लवका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीलाई २१–१७ र २१–१७ ले पराजित गरी उपाधि हात पार्न सफल भएको छ ।

प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनल खेल नेपाल एपीएफ क्लवका दिपेश धामी र त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ बीच शुक्रबार हुनेछ ।

Success

Thank you for your time.