default_image

6 years ago

March 16, 2018

रत्नजित लगातार सातौपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर १ तथा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौपटक कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रतियोगिताको लगातार सातौंपटक च्याम्पियन बन्ने क्रममा आर्मीका रत्नजितले नेपाल एपिएफ क्लबका दीपेश धामीलाई २–० ले पराजित गर्न सफल भए । एपिएफ मुख्यालय हल्चोकमा शुक्रबार भएको फाइनलमा रत्नजितले दीपेशमाथि पहिलो खेलमा २२–२० को […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर १ तथा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ लगातार सातौपटक कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

Ratnajit Tamang

तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद
फाइनलमा दीपेश विरुद्ध रत्न जीत

प्रतियोगिताको लगातार सातौंपटक च्याम्पियन बन्ने क्रममा आर्मीका रत्नजितले नेपाल एपिएफ क्लबका दीपेश धामीलाई २–० ले पराजित गर्न सफल भए । एपिएफ मुख्यालय हल्चोकमा शुक्रबार भएको फाइनलमा रत्नजितले दीपेशमाथि पहिलो खेलमा २२–२० को कठिन जित निकालेका थिए । तर, दोस्रो खेलमा भने रत्नले २१–११ को फराकिलो जित निकाले ।

आठौं कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताबाट उपाधि जित्न शुरु गरेयता रत्नले आफु अझै उपाधि जित्न सक्षम रहेको सन्देश दिएका छन् । १४ औं संस्करणसम्म आइपुग्दा रत्नलाई यो प्रतियोगितामा पराजित गर्न कुनै पनि खेलाडीले सकेका छैनन् । छैटौं प्रतियोगिताबाट पुरुष एकलमा सहभागिता जनाएका रत्न क्वार्टरफाइनलसम्म प्रवेश गरेका थिए । सातौमा भने रत्न फाइनलसम्म पुग्न सफल भएका थिए । आठौं संस्करण देखि भने रत्नले यो प्रतियोगितामा पछि फर्केर हेर्नु परेको छैन ।

उपाधिसँगै आर्मीका रत्नले ६० हजार रुपैया प्राप्त गरे । दोस्रो भएका एपिएफका दीपेश धामीले ३० हजार रुपैयाँमा चित्त बुझाए । महिला एकलमा च्याम्पियन बनेका आर्मीकी नङ्सल देवी तामाङले ५० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो भएकी आर्मीको रशिला महर्जनले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

Success

Thank you for your time.