default_image

6 years ago

September 20, 2018

रसिला र जेसिका उपाधिनजिक

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा प्रतिभाद्धय त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकल तर्फको उपाधिनजक पुगेका छन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बिहिबार महिला एकलतर्फको पहिलो सेमिफाइनलमा आर्मीकी  रसिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भइन् । उनले अमितामाथि २१–१५ र २१–१४ को सोझो सेटमा पराजित गरिन् । बिहिबारै भएका अर्काे सेमिफाइनलमा एपीएफकी जेसिका गुरुङले पनि आफ्नै क्लबकी सुनैना मुखियालाई २–० को सेटमा पराजित गर्दै फाइनलमा रसिलासँगको भेट पक्का गरिन् ।

जेसिकाले २१–७ र २१–१६ को सहज जित निकालिन् । त्यसअघि रसिलाले क्वाटरफाइनलमा शोभा गौचन, जेसिकाले अनुमाया राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिइन् । अमिता गिरीले अरुणा तामाङ र सुनैना मुखियाले सीता राईलाई पराजित गरेकी थिइन् । यि दुई खेलाडीले गत जेठमा भएको पुष्पलाल मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलेका थिए । जसमा जेसिकाले बाजी मारेको थियो ।

यु–१५ पुरुष एकलमा सिलक ट्रेडका प्रिन्स दाहालले कुशल शर्मालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । शुभम काफ्ले, सन्तोष पनेरु, मनिष दाहाल, प्रियान्सु क्षेत्री, राज वर्मा, विवेक चौधरी र अनिष खतिवडा पनि आ–आफ्नो प्रतिद्धन्द्धीलाई पछि पार्दै दोस्रो चरणमा स्थान बनाए । पुरुष डबल्स्मा निरविक्रम चौधरी र प्रिन्स दाहालको जोडीले अखिल श्रेष्ठ र अभिषेक बोसको जोडीलाई पराजित गर्दै अर्काे चरणमा प्रवेश गरे ।

यस्तै दीपक बोहोरा र जीवन आचार्यको जोडी, साजनकृष्ण ताम्राकार र विशाल प्रधानको जोडी, रुकेश महर्जन र प्रविन लिङथेपको जोडी र गौतम कठायत र सुनिल जोशीको जोडीले पनि अर्काे चरणमा स्थान बनाउन सफल भए । मिक्स डबल्स्मा रत्नजित तामाङ र अनुमाया राईको जोडी तथा गौतम कठायत र सुनैना मुखियाको जोडी विजयी भए ।

प्रतियोगिताको ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ । यसअघिको दुवै संस्करणको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र महिला एकलमा आर्मीकै नङ्सलदेवी तामाङ च्याम्पियन बनेको थियो ।

Success

Thank you for your time.