default_image

6 years ago

September 21, 2018

रत्नजित र दीपेश सेमिफाइनलमा

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शुक्रबार भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा नेपाल नम्वर वान रत्नजितले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । रत्नले जीवनमाथि २१–१९ र २१–१७ को सहज जित निकाले  ।

एपीएफका दीपेश धामीले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । धामीले महर्जनमाथि २१–९ र २१–७ को सहज जित हात पारे ।

शुक्रबारै भएको अर्काे क्वाटरफाइनलमा सिल्क ट्रेडका प्रिन्स दाहालले पुलिसका विष्णु कटुवाललाई २१–१२ र २१–१३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल हुँदा आर्मीका नवीन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठमाथि २२–२२ र २१–१३ को सहज जित निकाले । सेमिफाइनलमा रत्नजित र प्रिन्स तथा दीपेश र नवीनबीच खेल हुनेछ ।

पुरुष डबल्समा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २–० ले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भए । यस्तै दीपेश धामी र विजित थापामगरको जोडी, दीपक बोहरा र जीवन आचार्यको जोडी र रुकेश महर्जन र पविन लिङथेपको जोडीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरे ।

यू–१५ ब्वाइजमा प्रिन्स दाहाल, सन्तोष पनेरु, प्रियन्सु क्षेत्री, विवेक चौधरी, चक्र साउद, रोशन साउद, हिमाल चन्द र उज्वल श्रेष्ठले क्वाटरफाइनलमा स्थान बनाए । यु–१५ गल्र्समा रसिला महर्जन, विद्या खड्का, निलिमा महरा, सम्झना लामा, स्मृति राई, रोज पान्डे, सिमोना केसी र तृष्णा विष्टले क्वाटरफाइनलमा स्थान सुरक्षित गरिन् ।

प्रतियोगिताको ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछ ।

Success

Thank you for your time.