default_image

6 years ago

September 22, 2018

रत्नजित र दीपेश जेस्ट ब्याडमिन्टनको फाइनलमा

55 views

0 Bookmark

काठमाडौं (हाम्रो  खेलकुद) – शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपीएफ क्लबका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्वर वान रत्नजितले सिल्क ट्रेडका प्रिन्स दाहाललाई २–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् । अघिल्ला दुवै संस्करणको च्याम्पियन रत्नले पहिलो सेट २१–१५ ले जितेपनि दोस्रो सेट १६–२१ ले गुमाएको थियो । तर, तेस्रो सेट रत्नले २१–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

शनिबारै भएको दोस्रो सेमिफाइनलमा नेपाल एपीएफ क्लबका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा रत्नजितसँगको भेट पक्का गरे । दीपेशले नवीनमाथि २१–१६ र २१–१२ को सहज जित निकाले । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

महिला एकलमा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछिन् । आर्मीकी रसिला महर्जनलले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउदा एपीएफकी जेसिका गुरुङले पनि आफ्नै क्लबकी सुनैना मुखियालाई २–० को सेटमा पराजित गर्दै फाइनलमा रसिलासँगको भेट पक्का गरेक थिइन् । तेस्रो संस्करणमा नेपाल च्याम्पियन नङ्सलदेवी तामाङले सहभागिता जनाइनन ।

पुरुष डबल्समा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले आफ्नै क्लबका रुकेश महर्जन र पविन लिङथेपको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भए । यस्तै एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीले पनि दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।

मिक्स डबल्स्मा एपीएफका दीपेश धामी र पुजा श्रेष्ठको जोडी र विजित थापामगर र शोभा गौचनको जोडीले फाइनलमा भेट पक्का गरे । दीपेश र पुजाको जोडीले आर्मीका प्रफुल महर्जन र अमिता गिरीको जोडीलाई तथा विजित र शोभाको जोडीले आर्मीका रत्नजित तामाङ र अनुमाया राईको जोडीलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएका थिए ।

यू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहालले जेस्टका प्रियन्सु क्षेत्रीलाई तथा कैलालीका रोशन साउदले कञ्चनपुरका हिमाल चन्दलाई समान २–० को सेटमा पराजित गर्दै फाइनलनमा पुगन सफल भए । यु–१५ महिलामा आर्मीकी रशिला महर्जन र कञ्चनपुरकी विष्णा विष्ट फाइनलमा पुग्न सफल भइन् । रशिलाले कञ्चनपुरकी निलिमा महरा र विष्णले विराटनगरकी रोज पाण्डेलाई समान २–० को सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भए ।

पुरुष डबल्स् टप–२० बाहेकमा सुरोज महर्जन र पविन लिङथेपको जोडी तथा सुनिल जोशी र विशाल प्रधानको जोडी फाइनलमा पुग्न सफल भए । मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा मुन्ना केसी र भुमि गुरुङको जोडी र इन्द्र महता र शम्भु श्रेष्ठको जोडीले उपाधि भिडन्त पक्का गरे मास्टर्स ४५ वर्षमाथि सुभास श्रेष्ठ र भुमि गुरुङको जोडी र मुन्ना केसी र रुद्र थिङको जोडीले फाइनलमा भेट पक्का गरे ।

प्रतियोगिताको ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष सिंगल्र्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार पाउनेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पुरुष सिंगल्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ५–५ हजार प्राप्त गर्नेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार पाउनेछन् ।

Success

Thank you for your time.