default_image

6 years ago

September 23, 2018

रत्नाजितलाई हराउँदै दिपेश च्याम्पियन, महिलामा रसिला विजयी

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष वरीयताका दुई पटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । दिपेशले पहिलो सेटमा २१–१३ को सहज जित निकाल्दै दावेदारी पेश गरेको थिए । दोस्रो सेटमा खेलमा फर्किएको रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्याएका थिए । तर, निर्णायक सेटमा अग्रता लिएर पनि रत्नले खेल १८–२१ ले गुमाउन पुगे ।

निर्णायक सेटमा पछि परेको अवस्थामा दिपेशले उच्च प्रदर्शन गर्दा रत्नले बारम्बार गल्ती दोहोर्याएका थिए । दिपेशसँग पराजित भएसँगै रत्न उपाधिमा ह्याट्रिक गर्नबाट विमुख बने । उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गरे । दोस्रो स्थानमा चित्त बुझाएको रत्न १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएको प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए ।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । महिला एकलमा यसअघिको दुईपटकको च्याम्पियन नङ्सलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाइनन् । रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालिन् । आइतबारै रसिला यु–१५ गर्ल्समा पनि च्याम्पियन बनेकी थिइन् । यु–१५ गर्ल्सको फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् । महिला एकलतर्फ च्यामिपयन बनेको रसिलाले २५ हजार रुपैया प्राप्त गरिन् । दोस्रो भएकी जेसिकाले १२ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गरे ।

यु–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि २१–१३  र २१–१३ को सहज जित निकाले । यु–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान ६ हजार पाउनेछ ।

पुरुष डबल्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते । विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए । दोस्रो भएको रत्नजित नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए ।

मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे । पुरुष डबल्स् टप–२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए ।

मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भुमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते । मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भुमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भुमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । यि दुई जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियन बनेको थियो ।

मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे । विजयी खेलाडीहलाई पूर्व सांसद बहादुर सिंह लामा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले पुरस्कृत गरे । गत बुधबारदेखि भएको प्रतियोगितामा ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका थिए ।

Success

Thank you for your time.