default_image

6 years ago

October 1, 2018

च्याम्पियन प्रिन्स स्वदेश फिर्ता

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१५ पुरुषएकलतर्फ च्याम्पियन बनेका ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् ।

प्रिन्स सोमबार दिउसो स्वदेश आइपुगेका हुन् । प्रिन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठसहित संघका पदाधिकारीहरुविमानस्थल पुगेका थिए ।  प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यू–१५ ब्वाइजतर्फ च्याम्पियन बन्न सफल भएका थिए ।

प्रिन्सले राउन्ड अफ ३२ र राउन्ड अफ–१६ मा दुवईका खेलाडीलाई तथा क्वाटरफाइनलमा र सेमिफाइनलमा भारतीय खेलाडीलाई पराजित गरेका थिए । उनी नेपालको जुनियर ब्याडमिन्टनमा स्वर्णपदक जित्ने खेलाडी बन्न सफल भएका थिए । सिरिजका लागि उनी एक्लै दुवई पुगेका थिए । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए ।

बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, यूएई, साउदी अरब, बहराइन, अल्जेरिया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको थियो ।  प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको थियो । पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

Success

Thank you for your time.