default_image

5 years ago

November 13, 2018

विकास र विष्णुको विजयी सुरुवात

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । विकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा विकासले पेम्वामाथि २१–१०, २१–१२ को सहज जित निकाल्यो । मंगलबारै भएको अर्काे खेलमा पुलिसका विष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सूर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङलाई २१–१८, २१–११ ले पाखा लगाए ।

पुलिसका निर विक्रम देवकोटाले बाँकेका ईरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनले जेष्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका बिजित थापाले जेष्टका अर्जून तामाङलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नविन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२, एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बुलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पराजित गरे ।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१७ पुरुष एकल तर्फको खेलमा दाङका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । दाङका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । महिला एकलतर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकालिन् । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृती राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोश्रो चरणमा स्थान बनाइन् ।

यस्तै पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङको जोडीले दोस्रो चरणमा प्रवेश गरे । जेष्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाको जोडी तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीेले पनि दोश्रो चरणमा स्थान बनाए ।

मंसिर १ गते सम्म संचालन हुने प्रतियोगिताको एक कार्यक्रमविच संघीय प्रतिनिधी सभा साँसद जीवन राम श्रेष्ठ तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु–१७ पुरुष/महिला तथा भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धा हुने छ । पुरुष र महिला एकलतर्फ तीन शीर्ष स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यु–१७ तर्फका शीर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्स तर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।

Success

Thank you for your time.