default_image

5 years ago

November 15, 2018

रत्नजित र दीपेश अन्तिम चारमा

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपिएफ क्लबका दीपेश धामी राजधानीमा जारी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दीपेश धामी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको क्वारटफाइनलमा रत्नले नेपाल पुलिस क्लबका निरविक्रम देवकोटालाई २१–१७ र २१–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्  । अब रत्नले शुक्रबार आफ्नै क्लबका रुकेश महर्जनसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१–१६ र २१–१९ ले पराजित गर्दै रत्नसँगको भेट पक्का गरेका थिए ।

बिहिबारै भएको अर्काे खेलमा एपिएफका दीपेश धामीले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २–० को सोझो सेटमा पराजित गरे । दीपेशले प्रिन्समाथि २१–१६ र २२–२० को जित निकालेका थिए । दीपेशले अब फाइनल प्रवेशका लागि आर्मीका नवीन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । नवीनले भोजपुरका बिकास श्रेष्ठलाई २१–१९ र २१–११ ले हराए ।

महिला एकलतर्फ आर्मीकी नङ्सलदेवी तामाङले बाँकेकी सम्झना शर्माको चुनौती २१–१२ र २१–८ ले सहजै पन्छाउदै सेमिफाइनलमा स्थान बनाइन् । एपिएफकी शोभा गौचनले आर्मीकी अनुमाया राईलाई २१–१७ र २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा नङ्सलसँगको भेट पक्का गरिन् ।

नवीन श्रेष्ठ

बिहिबारै साविकको विजेता एपिएफकी जेसिका गुरुङले आर्मीकी अमिता गिरीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । जेसिकाले पहिलो सेट १९–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट २१–१५ र २१–११ ले आफ्नो पक्षमा पर्न सफल भईन् । आर्मीकी रसिशला महर्जनले आफ्नै क्लबकी रन्जना भट्टलाई २१–१४ र २१–१३ ले पराजित गर्दै जेसिकासँगको भेट पक्का गरिन् ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ ब्वाईजतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११ र २१–१८, सेनाका दिवश शंकरले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११ र २१–१३ तथा जेष्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भए ।

यु—१७ गर्ल्सतर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुग्न सफल भइन् । सेनाकी रशिलाले जेष्टकी डिमोना केसीलाई २१–२ र २१–४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१–१६ र २१–१५ ले पाखा लगाए । यस्तै मोरङकी रोजले जेष्टकी स्मृति राईलाई २१–५, २१–१३ तथा सिमाले कञ्चनपुरकी बिष्णा बिष्टलाई २१–८ र २१–९ ले हराए । अव सेमिमा रशिलाले रोजको तथा सिमाले रञ्जनाको सामना गर्नेछिन् ।

प्रिन्स दाहाल

पुरुष युगलतर्फ एपिएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी सेमिफाइनलमा पुग्न सफल भए । धामी र मगरको जोडीले पुलिसका दिपक बोहरा र जीवन आचार्यको जोडी माथि २१–१६ र २१–१७ को जित निकाले । यस्तै गौतम र सुनिलको जोडी बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१–१५ र २१–१६ को जित निकाल्दै सेमिमा स्थान बनाए ।

यसैगरि सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । रुकेश र प्रफुलको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१६ र २१–१७ तथा रत्न र नविनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१–१७, २२–२० ले पराजित गरे ।

महिला युगलतर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्ने भएका छन् । राई र गिरीको जोडीले जेष्टका ज्योती लिम्बु र दिना पुनको जोडीलाई २१–१५, २१–१२ तथा श्रेष्ठ र गुरुङको जोडीले जेष्टकै स्मृती राई र साफि खत्रीको जोडीलाई २१-७, २१-५ ले पराजित गरे ।

अर्को प्रतिस्पर्धा सेनाका नङशलदेवी तामाङ र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र संझना शर्माको जोडीविच हुनेछ । तामाङ र महर्जनको जोडीले जेष्टका तारा आले र मनिषा खड्काको जोडीलाई २१–८ र २१–४ ले तथा राई र शर्माको जोडीले मोरङकी सिमा राजबंशी र रोज पाण्डेको जोडीलाई २१–८ र २१–१४ ले पाखा लगाए ।

Success

Thank you for your time.